१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

माइतीघरको निषेधाज्ञा हटाउन माग गर्दै प्रदर्शन गर्ने ३ पक्राउ

माइतीघरको निषेधाज्ञा हटाउनुपर्ने माग राख्दै धर्नामा बसेका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा मृतक आरती शाहका दाइ प्रेम शाह, धर्ना बसिरहेका गोरखाका तेल घले र अर्का एक जना छन्। उनीहरुले माइतीघरमा राखिएको ‘निषेधाज्ञा’ ब्यानर जलाउने प्रयास गरेपछि तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उनीहरुले माइतीघरको निषेधाज्ञा खारेज गर ,आरती शाहलाई न्याय दे ,भ्रष्टाचारी आर्मी मुर्दावाद नारा पनि लगाएका थिए।

सरकारले माइतीघर मण्डललाई निषेध क्षेत्र घोषणा गरेपछि माइतीघरमा धर्ना रहेकाहरूलाई शान्तिबाटिकामा धर्ना बस्न भनिएको थियो। त्यहाँ पनि धर्ना बस्न नदिएपछि उनीहरू शान्तिबाटिका बाहिर बसिरहेका थिए। तर आज बिहान महानगर प्रहरीले त्यहाँबाट पनि भृकुटीमण्डप लागेको थियो।

तस्बिरहरु: विजय राई/नागरिक

प्रकाशित: ४ फाल्गुन २०८० १६:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App