२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लहानमा बालिका बलात्कृत

लहानमा एक बालिका बलात्कृत भएकी छन्। लहान नगरपालिका १ स्थित अरुण यादव घरमा डेरा बस्ने १८ वर्षीय युवकले १५ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ।

सुखीपुर नगरपालिका २ विद्यानगरकी बालिकालाई सरस्वती पूजा कार्यक्रम हेर्न ललाइफकाइ लहानमा ल्याएर बलात्कार गरेको आरोपमा सोही ठाउँका निकेश यादवलाई पक्राउ गरिएको सिरहा प्रहरी प्रवक्ता डिएसपी रविन्द्रराज पाण्डेले बताए।

प्रहरीका अनुसार बुधबार दिउँसोको घटना प्रहरीलाई अबेर राति मात्र जानकारी भएको थियो। जानकारी आएपछि प्रहरीले तत्काल आरोपितलाई पक्राउ गरी अवश्यक अनुसन्धान सुरु गरेको डिएसपी पाण्डेले बताए।

बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण बेहोस भएकी बालिकाको लहानस्थित सप्तऋषि अस्पतालमा प्राथमिक उपचारपछि नोबेल अस्पताल विराटनगर पठाइएको छ।

परिवारजनको निगरानीमा बालिकाको उपचार भइरहेको र अवस्था सामान्य हुँदै गएको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै डिएसपी पाण्डेले बताए।

बलात्कार आरोपित युवक निकेशलाई पक्राउ गरी स्वास्थ्य परीक्षण गरिएको छ। इलाका प्रहरी कार्यायल लहानले घटना अनुसन्धान गरिरहेको डिएसपी पाण्डेले बताए।

प्रकाशित: ३ फाल्गुन २०८० ११:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App