२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

अभियन्ता ईः ले भोलिदेखि लुम्बिनी-सिंहदरबार पैदलमार्च गर्दै

अभियन्ता ईः ले सडक व्यवसाय, अनौपचारिक क्षेत्र व्यवस्थापन र गरिबको पक्षमा संघीय सरकारको भूमिका माग गर्दै ‘लुम्बिनी–सिंहदरबार पैदलयात्रा’ गर्ने भएका छन्। सामाजिक सञ्जल ट्विटर (एक्स) मार्फत आफ्नो यात्रा भोलि बिहान साढे ८ बजेबाट सुरु भएर फागुन ७ गतेसम्म चल्ने उनले जनाएका छन्।

‘सडक व्यवसाय र बृहत् अनौपचारिक क्षेत्र व्यवस्थापनमा, गरीबको पक्षमा, संघीय सरकारको भूमिका माग गर्दै लुम्बिनी–सिंहदरबार हिँड्दैछौं,’ अभियन्ता ईःले लेखेका छन्,‘माघ २८ (आइतबार बिहान ८ः३०) देखि फागुन ७ सम्म सबै चिन्तित व्यक्ति समूहलाई यात्रामा सहभागी हुन आग्रह छ।’

उक्त ट्विटसँगै ईः ले आफ्ना तीनबुँदे माग र दबाबमूलक कार्यक्रम तालिका पनि सार्वजनिक गरेका छन्। जसमा ‘सडक व्यापारी, बृहत्तर अनौपचारिक क्षेत्र (६२ प्रतिशत रोजगारी दिने), र शहरी गरीबको लोकरिझ्याईं निर्देशित सीमान्तीकरण राष्ट्रिय रोगसरी बनेको’ टीप्पणी गरिएको छ। जसले गर्दा बेरोजगारी, आर्थिक सामाजिक असमानता बढेको र मौलिक हकअधिकार कुण्ठित भएको भनिएको छ।

‘सामाजिक न्याय सुनिश्चित गर्ने प्रावधानले भरिपूर्ण र समाजवाद उन्मुख लेखिएको संविधानको सार्थकता पुष्टि गर्न एवं आमजनतामुखी कारुणिक शासन प्रोत्साहन गर्न अब यस विषयमा सङ्घीय सरकारको भूमिका अनिवार्य बनेको छ,’ मागपत्रमा भनिएको छ।

मागको पहिलो बुँदामा देशभरका पालिकालाई सडक व्यवसाय र अनौपचारिक क्षेत्रबारे व्यवस्थापकीय नीति तयार गर्न एवं गरीबलाई बिनाअध्ययन बिकल्प विस्थापन नगरी कानून र संविधानको मर्मपरिधि भित्र बस्न निर्देशन दिने, दोस्रो बुँदामा शहरी गरीबको संरक्षण गर्न आवश्यक, तथा सडक व्यवसाय र अनौपचारिक क्षेत्रको व्यवस्थापन सम्बन्धी, संघीय ऐनको सिर्जना तथा भएका कानूनी प्रावधानको सबलीकरण गर्नुपर्ने र तेस्रो बुँदामा पालिकाहरूलाई शहरी गरीबी सम्बोधन गर्न सहयोग गर्ने सडक व्यवसाय व्यवस्थापन, बृहत्तर अनौपचारिक क्षेत्र र साना उद्यम प्रवर्धन गर्ने तहगत सहकार्य कार्यक्रमलाई प्राथमिकता दिने माग उल्लेख छन्।

यस्तै यही यात्रा मार्फत मिटर ब्याज बिरुद्ध न्याय मार्चप्रति ऐक्यबद्धता पनि जनाउने कार्यक्रम रहेको उल्लेख छ।

यस्ता छन् ईः का माग र कार्यक्रम

 

प्रकाशित: २७ माघ २०८० ०९:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App