३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

कीर्तिपुर मैदानमा सन्दिपको पक्षमा नारा लाउनेलाई प्रहरीले गर्‍यो लाठीचार्ज

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र क्यानाडाबीच क्रिकेट म्याच भइरहँदा सन्दिप लामिछानेको नाममा नारा लागाउने समर्थकलाई प्रहरीले लाठीचार्ज गरेको छ।

म्याच भइरहँदा सन्दिपका सर्थकहरुले सन्दीप चाहियो भन्दै नारा लगाएका थिए। उनीहरूलाई रोक्ने क्रममा प्रहरीले लाठीचार्ज गरेको हो।

सन्दीपको नाममा नारा लगाउने ७ जनालाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ।

प्रहरीले समर्थकको नाराबाजी रोक्ने कोसिस गर्दा  केहीबेर तनावको अवस्था सिर्जना भएको थियो।

बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछाने अहिले खेलबाट बाहिर छन्।

प्रकाशित: २५ माघ २०८० १३:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App