१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

स्काउटको निर्वाचन नरोक्नु: सर्वोच्च

सर्वोच्च अदालतले स्काउटको निर्वाचन नरोक्न आज अन्तरिम आदेश गरेको छ।

न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को माघ १७ को पत्र र युवा तथा खेलकुद मन्त्रालयको माघ १८ को पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्न आदेश गरेको हो।

माघ २७ मा स्काउटको निर्वाचन तोकिएको थियो। प्रधानमन्त्री कार्यालयको निर्देशनमा युवा तथा खेलकुद मन्त्रालयले निर्वाचन रोक्न पत्राचार गरेको थियो।

समयमै निर्वाचन हुनुपर्ने माग गर्दै लोकबहादुर भण्डारीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए। सर्वोच्चले रिट निवेदकको माग बमोजिम निर्वाचन गराउन आदेश गरेको हो।

प्रकाशित: २३ माघ २०८० १८:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App