२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

होटेल स्क्वायरका प्रबन्ध निर्देशक रोमी पक्राउ

ललितपुरस्थित होटेल स्क्वायरका प्रबन्ध निर्देशक रोमी अर्याललाई प्रहरीले पक्राउ गरेको  छ। ललितपुर प्रहरी परिसरले उनलाई पक्राउ गरेको हो।

होटेलकी अर्की सञ्चालिका ललिता भण्डारी देवकोटाले यसअघि नै प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेकी थिइन्। उनी अहिले हाजिर जमानीमा छुटेकी छिन्। उनीहरूविरुद्ध जिल्ला अदालत ललितपुरबाट पक्राउ पुर्जी जारी भएको थियो। ललितपुर महानगरपालिका वडा नम्बर–३ मा सञ्चालित होटेल स्क्वायरको स्विमिङ पुलमा पौडी खेल्दा मानभवनका सजिलमान शाक्य गम्भीर घाइते भएका थिए।

भदौ १४ मा घाइते भएका उनी अहिले पनि अचेत अवस्थामा छन्। होटेलका संचालकहरु विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ।  ललितपुरको जावलाखेलका ४१ वर्षीय  शाक्य झन्डै पाँच महिनादेखि अचेत अवस्थामा छन्।

पुल्चोकस्थित होटेल स्क्वायरको स्विमिङ पुलमा उनलाई करेन्ट लागेको परिवारका सदस्यहरूको भनाइ छ। शाक्यको उपचारका लागि घरमै मेडिकल उपकरण जडान गरिएका छन्। बेलाबेला चिकित्सकहरूले परीक्षण गर्छन् भने हेरचाहका लागि एकजना नर्स राखिएको छ।

प्रकाशित: २३ माघ २०८० ११:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App