२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

टिपरले ठक्कर दिँदा एकजनाको मृत्यु

अरनिकोको राजमार्ग अन्तर्गत भक्तपुरको मध्यपुर थिमि एस.एस.चोकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुपाल्चोक बलेफी गाउँपालिका वडा नं. ५ बस्ने वर्ष ४३ का उद्धवप्रसाद नेपाल रहेको प्रहरीले जनाएको छ।

बागमती पेट्रोल पम्पबाट हाईवे हुँदै राधेराधेतर्फ जाँदै गरेको बागमती ३ क १७४५ नम्बरको टिपरले काठमाडौँबाट भक्तपुरतर्फ आँउदै गरेको बागमती प्रदेश ०२ –०३५ प. ८०८३ नं.को मोटरसाईकललाई ठक्कर दिएको थियो।

ठक्करपछि गम्भीर घाइते भएका नेपालको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। शवलाई पोष्टमार्टमका लागि भक्तपुर अस्पतालमा राखिएको छ।

घटनास्थलमा प्रहरी वृत्त ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई प्रारम्भिक अनुसन्धान सुरु गरेको  परिसरका सूचना अधिकृत बसन्त पाठकले बताए।

दुर्घटना भएका सवारी साधन र टिपर चालक मकवानपुर मनहरी गाउँपालिका वडा नं. १ घर भई हाल काठमाडौँ बौद्ध बस्ने वर्ष ३५ का बोलमान वाइवा समेतलाई नियन्त्रणमा लिएको छ। 

प्रकाशित: १२ माघ २०८० ०५:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App