७ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

पूर्वी नवलपरासीमा श्रीमानले गरे गर्भवती श्रीमतीको हत्या

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिका ६ बिरुखर्कमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। 

आइतबार राती एक बजेको समयमा ३३ वर्षीय श्रीमान् शेरबहादुर लम्का मगरले ३४ बर्षिया श्रीमती चुनिसरा लम्का मगरको हत्या गरेका हुन्।

चनिसरा आठ महिनाकी गर्भवती समेत रहेको नवलपरासी बर्दघाट सुस्ता पूर्वको प्रहरीले जानकारी दिएको छ। घटना स्थल पुगेका प्रहरी नायव उपरीक्षक (डिएसपी) वेदबहादुर पौडेलका अनुसार कोदालो र खुर्पा प्रयोग गरेर विभत्स तरिकाले हत्या गरेका हुन्।

‘पहिला कोदालेले टाउकामा हानेछ । पछि खुर्पाले घाँटी रेटेछ’–डिएसपी पौडेलले भने। श्रीमतीको हत्या गरेर अर्को घर बस्ने आमा बुवाको घरमा पुगेको उनले बताए। उनका चार जना छोरी समेत छन्। हत्या गर्नुको कारण भने अहिले नखुलेको पौडेलले बताए । ‘झगडा गरेको पनि पाइएन,’ उनले भने, ‘मानसिक सन्तुलनको कारण हो कि भन्ने छ।’ 

योजना बनाएर हत्या गरे जस्तो नदेखिएको प्रहरीले बताएको छ। ‘हामीसँग सपना देखेर ऐठान भएजस्तो कुरा गर्छ। हामीलाई मार्न एक हुल मान्छे आए। प्रतिकार गर्न कोदालो र खुर्पा निकालेर हाने। अनि बाहिर निस्केर सुते अनि के भयो कसो भयो थाहा भएन’– हत्यामा संलग्न व्यक्तिको भनाई उद्धृत गर्दै नागरिकसँग पौडेलले भने, ‘आंशिक मानसिक अस्वस्थ चाहिँ हो कि जस्तो छ।’

श्रीमतीको हत्या गरेपछि आफूले पनि आत्महत्या गर्न खोजेको छन्। उनले आफ्नो टाउकोमा ढुङ्गा प्रहार गरेको प्रहरीले जानकारी दिएको छ। अहिले प्रहरीले घटना स्थलमा मुचुल्का तयार पारी मृतकको शव पोष्टमाटमका लागि कावासोतीको मध्यबिन्दु जिल्ला अस्पताल ल्याइएको छ।  हत्यामा संलग्न श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: ७ माघ २०८० ०८:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App