१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

गंगालाल अस्पतालको कार्यकारी निर्देशकमा डा. रवि मल्ल नियुक्त

यस्तो छ मन्त्रिपरिषद् बैठकका निर्णयहरु

सरकारले शहीद गंगालाल अस्पतालको कार्यकारी निर्देशकमा डा.रवि मल्ललाई नियुक्त गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले मल्ललाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

१.नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदमा श्री पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने।

२.आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८० जारी गर्न नेपालको संविधानको धारा १२४ को उपधारा (१) बमोजिम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने।

३.राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने।  

४.सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धक पदमा सानीभेरी गाउँपालिका वडा नम्बर ६ रुकुमपश्चिमका श्री किरणबाबु पुनलाई नियुक्त गर्ने।

५.नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्ष पदमा श्री रमेशचन्द्र न्यौपानेलाई मनोनयन गर्ने।

६.सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदमा डा.रवि मल्ललाई नियुक्त गर्ने ।

प्रकाशित: ३ माघ २०८० ११:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App