५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

नेपालगन्जबाट छुटेको बस नवलपरासी पूर्वको दलदलेमा दुर्घटना

नेपालगन्जबाट काठमाडौँका लागि छुटेको यात्रुबहाक बस आज बिहान दुर्घटनामा परेको छ। नवलपरासी पूर्वको देवचुली-१४ दलदलेमा आज बिहान करिब ५ बजेतिर भे १ ख ४१२८ नम्बरको उक्त बस दुर्घटनामा परेको हो।

गाडीमा सवार चारजना घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रवक्ता देवबहादुर पौडेलले जनाए। महोत्तरी जलेश्वर-१ का २५ वर्षीय शनि पाण्डे, नुवाकोट विदुर-९ का ३० वर्षीया कृतिका शाही, जुम्ला चन्दननाथ-९ की २३ वर्षीया अनिता नेपाली र बर्दिया बारबर्दिया-५ का ३२ वर्षीय सुदीप केसी घाइते भएका उनले जनाए।

पाण्डेको बायाँ हातमा चोट लागेको छ भने शाहीको टाउकोमा चोट छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार नेपालीको टाउको र ढाँड र केसीको अनुहारमा चोट लागेको छ। घाइतेको भरतपुरमा उपचार भइरहेको छ। उक्त बसमा ४० जना यात्रु सवार थिए।

प्रकाशित: २ माघ २०८० ०७:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App