२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बन्दुक देखाएर सात लाख बढी नगद र सुनचाँदी लुटपाट

यशोधरा नगरपालिकाको बैदलीनजिकै मोटरसाइकलमा आएका नकाबधारीले सुनचाँदी व्यवसायी शिवमंगल बर्मालाई बन्दुक देखाएर सात लाख बढीको नगद र सुनचाँदी लुटपाट गरेका छन्।

बिहीबार साँझ साढे पाँच बजेतिर यशोधरा गाउँपालिका ५ बुढापारकाका बर्माको साथबाट ३७ हजार नेपाली रुपैयाँ, तीन हजार भारु, सुन र चाँदी गरेर सात लाख बढी मूल्यबराबरको गरगहना लुटेर फरार भएका हुन्। मास्क र कपडाले मुख छोपेर आएका ६÷७ जनाको नकाबधारी समूहले बन्दुक तेर्साई लुटपाट गरेको पीडित बर्माले बताए।

कपिलवस्तु नगरपालिका वडा नम्बर ५ बभनीचोकमा रहेको जय माँ अम्बे ज्वेलर्स सञ्चालन गर्दै आएका बर्मा पसल बन्द गरी घरतर्फ जाँदै थिए। बैदोली र बुढापारको बीचमा पर्ने आँपको बगैंचानजिक लुटपाट भएको हो।

घटनाबारे जानकारी आएलगत्तै जिल्लाभर प्रहरी टोली खटाइएको प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए। घटनाको अनुसंधान र लुटेराहरुको खोजी भईरहेको उनले बताए।

प्रकाशित: २७ पुस २०८० ०६:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App