१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

राति साढे १० बजे घर जान हिँडेका थिए मृत भेटिएका वडाध्यक्ष खड्का

कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष महेन्द्र खड्का बुधवार राति साढे १० बजेतिर भासिबाट घर जान हिँडेका थिए।

घर नजिकै करिब ५ सय मिटर दुरीमा ऐठपुर क्षेत्र नहर किनारमा बिहीवार बिहान घोप्टो परेको अवस्थामा उनलाई महिलाहरूले देखेका थिए। उनी हेल्मेट टाउकोमै रहेको र घोप्टो अवस्थामा मृत भेट्टिएका कञ्चनपुरका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।

भिमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एम नारायण गौलिको सरुवा भएकाले भासीस्थित एक कटेजमा बिदाई स्वरुप गरिएको कार्यक्रममा नगर प्रमुख लगायत केही जनप्रतिनिधि र कर्मचारी सहभागी हुन गएका थिए। त्यहाँबाट राति साढे १० बजे वडा अध्यक्ष खड्का घर जान हिँडेको सहभागीले बताए।

पानीको पाईप रहेको सडकको बिचमा मोटर साइकल एकातिर र खड्का अर्कोतिर घोप्टो अवस्थामा भेट्टिएको प्रहरिले बताएको छ। उनको निधारमा चोट लागेको थियो। अनुसन्धान हुन बाँकी भएपनि दुर्घटनामा परी उनको मृत्यु हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

खड्काको मृत्युबारे प्रहरी अनुसन्धान सुरु गरेको प्रहरी नायव उपरीक्षक डाँगीले बताए।

राति घटना भएपनि समयमै उद्धार हुन नसक्दा बिहान मात्र उनी मृत अवस्थामा भेटिएका थिए। उनी नेपाली काँग्रेसबाट गत निर्वाचनमा वडाध्यक्ष पदमा निर्वाचित भएका थिए।

प्रकाशित: २६ पुस २०८० ०८:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App