१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

कोशी र गण्डकीमा आंशिक बदली, आगामी २ दिन मौसम सफा रहने

आजदेखि आगामी दुई दिनको मौसम सफा रहने भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी जानकारी अनुसार हाल कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ भने तराईका अधिकांश भू–भागहरूमा हुस्सु र कुुहिरो लागेको छ।

म्हाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

यस्तो छ आगामी २ दिनको मौसम सम्बन्धी जानकारीः

२०८० पुस २६ गते (बिहीबार)

दिउँसोः कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

रातिः कोशी र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

२०८० पुस २७ गते (शुक्रबार)

दिउँसोः कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

रातिः सुदुरपश्चिम र कर्णाली प्रदेश लगायत कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

प्रकाशित: २५ पुस २०८० ००:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App