१९ कार्तिक २०८३ बिहीबार
image/svg+xml
समाज

सवारी दुर्घटनामा १४ जनाको मृ*त्यु, १४७ घाइते

देशभर पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ भने १४७ जना घाइते भएका छन्। प्रहरीको विवरण अनुसार २४ घण्टामा सातै प्रदेशमा सवारी दुर्घटना भएका छन्। 

सबैभन्दा बढी मानवीय क्षति कोशी प्रदेश र मधेश प्रदेशमा भएको प्रहरीको विवरणमा उल्लेख छ। विवरणअनुसार कोशी प्रदेशमा चार जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।  सुदूरपश्चिम प्रदेशमा चार जनाको मृत्यु र २५ जना घाइते भएका छन्। 

त्यस्तै, लुम्बिनी प्रदेशमा तीन जनाको मृत्यु र २६ जना घाइते भएका छन्। बागमती प्रदेशमा एक जनाको मृत्यु र आठ जना घाइते भएका छन् भने गण्डकी प्रदेशमा एक जनाको मृत्यु र पाँच जना घाइते भएका छन्। 

मधेश प्रदेशमा एक जनाको मृत्यु र ४६ जना घाइते भएका छन्। कर्णाली प्रदेशमा मृत्यु हुनेको संख्या शून्य रहे पनि दुई जना घाइते भएका छन्। काठमाडौं उपत्यकामा मृत्यु हुनेको संख्या शून्य रहेको छ भने १० जना घाइते भएका छन्।  

प्रकाशित: १९ कार्तिक २०८३ १२:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App