पर्सा प्रहरीले मंगलबार वीरगन्जका विभिन्न स्थानबाट १४ थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको छ।
भन्सार तिरेको कागजात नभएको र यातायात कार्यालयमा दर्ता पनि नभएको अवैध इलेक्ट्रिक स्कुटरलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले बताएका छन्। नियन्त्रणमा लिएका स्कुटर भारतबाट खरिद गरी वीरगन्जमा अवैध रूपमा ल्याएर चलाउने गरिएको उनले बताए।
सीमावर्ती भारतीय बजार रक्सौलमा सस्तोमा पाइने तथा सवारीचालक अनुमतिपत्रसमेत आवश्यक नपर्ने भएपछि वीरगन्ज र आसपासका स्थानीयले रक्सौलबाट इलेक्ट्रिक स्कुटर खरिद गरेर वीरगन्जमा प्रयोग गर्दै आएका थिए।
नियन्त्रणमा लिइएका ती १४ थान इलेक्ट्रिक स्कुटरको ११ लाख २० हजार रुपैयाँको मूल्यांकन गरेर थप कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी प्रवक्ता मल्लले बताए।
प्रकाशित: १९ श्रावण २०८३ २०:२७ मंगलबार





