१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बलात्कार आरोपमा एक जना पक्राउ

बालिकालाई बलात्कार गरेको आरोपमा मोरङको सुन्दरहैँचाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ।५५ वर्षीय पदम मगरलाई बालिका बलात्कार गरेको आरोपमा बुधवार पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ।१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मगरलाई बुधवार पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

डिएसपी दाहालका अनुसार मगरले मंगलबार राति ८ बजेतिर बालिकालाई बलात्कार गरेको सूचनाका आधारमा पक्राउ गरिएको बताए। आफन्तको घरमा बस्दै आएकी बालिकाका बुवा विदेश गएका छन्। उनकी आमाले दोस्रो विवाह गरी गएको बताइएको छ।  

मुख थुनेर बालिकालाई बोल्नसमेत नदिइकन र कसैलाई भनेमा कुटपिट गर्ने धम्की दिएर मगरले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।  

बालिका राति निद्रामा चिच्याउने, डराउने र तर्सिने गरेको हुँदा उपचार तथा स्वास्थ्य परीक्षणका लागि धरान लगिएको छ। इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर मगरविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउनका लागि थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ। 

प्रकाशित: १९ पुस २०८० ०९:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App