१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु

मकवानपुरको हेटौँडामा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ। तालिमका क्रममा दौडिरहेका बागमती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत तथा डडेलधुराको आलिताल ६ घर भएका २५ वर्षीय विनोद एडीको ज्यान गएको हो। उक्त घटनामा दुई प्रहरी घाइते भएका छन्।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौँडा ११ थानाभ्याङमा आज बिहान हेटौँडा बजारबाट नवलपुरतर्फ जाँदै गरेको ना४३प २२२ नं को मोटरसाइकलले ठक्कर दिँदा प्रहरी जवान एडी गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा हेटौँडा अस्पतालमा ज्यान गएको मकवानपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायब निरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

मोटरसाइकल सडकमा अनियन्त्रित भई पल्टिँदा चालक हेटौँडा ४ का ४१ वर्षीय लक्ष्मण लामा र सोही गणमा कार्यरत प्रहरी जवान नवराज सार्की र विजय खत्री घाइते भएका उनले बताए। मोटरसाइकल चालक लामाको चितवनमा उपचार भइरहेको छ। प्रहरी जवानद्वय सार्की र खत्रीको हेटौँडा अस्पतालमा उपचारपछि घर पठाइएको प्रहरीले जनाएको छ। –रासस

प्रकाशित: १८ पुस २०८० ०६:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App