राजधानीमा मशाल जुलुस निकालिएको छ।
पछिल्ला भ्रष्टाचारमा काण्डहरू र बालकुमारी घटनको संयुक्त रुपमा विरोध जनाउँदै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन राप्रबिसं नेपालले राजधानीमा मशाल जुलुस प्रदर्शन गरेका हुन्।
आइतबार साँझ राप्रबिसं नेपालले शंकरदेव क्याम्पस अगाडि भेला भएर मशाल जुलुस प्रदर्शन गरेको हुन्। उनीहरुले भ्रष्टाचार, बालकुमारी घटनाको विरोध गर्दै प्लेकार्ड सहित सरकारको विरुद्धमा प्रदर्शन गरेका थिए। उनीहरुले गृहमन्त्रीकाे राजीनामा समेत माग गरेका छन्।
उनीहरुले‘मानव अधिकार पालना गर, युवालाई स्वदेशमै बाच्ने अधिकार सिर्जना गर, गृहमन्त्री राजीनामा दे’, लगायतका प्लेकार्ड बोक्दै प्रदर्शन गरेका हुन्।
तस्बिरहरु: राजिव खत्री/नागरिक
![](https://images.nagariknewscdn.com/photos/1704029687_viber_image_2023-12-31_18-44-03-460.jpg)
![](https://images.nagariknewscdn.com/photos/1704029685_viber_image_2023-12-31_18-44-00-465.jpg)
![](https://images.nagariknewscdn.com/photos/1704029683_viber_image_2023-12-31_18-43-57-800.jpg)
![](https://images.nagariknewscdn.com/photos/1704029682_viber_image_2023-12-31_18-44-18-252.jpg)
![](https://images.nagariknewscdn.com/photos/1704029693_viber_image_2023-12-31_18-44-15-282.jpg)
![](https://images.nagariknewscdn.com/photos/1704029691_viber_image_2023-12-31_18-44-12-400.jpg)
![](https://images.nagariknewscdn.com/photos/1704029690_viber_image_2023-12-31_18-44-09-551.jpg)
![](https://images.nagariknewscdn.com/photos/1704029688_viber_image_2023-12-31_18-44-06-592.jpg)
प्रकाशित: १५ पुस २०८० १३:२८ आइतबार