coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

नआत्तिनुस भोलिदेखि घाम लाग्छः मौसमविद्

काठमाडौ– आकासमा बादल देखेर नआत्तिनुहोस् । यो बुधबार (आज)का लागि मात्र हो । मौसमविद्को अनुमानमा बिहीबार बिहानबाट देशका अधिकांश भूभागमा घाम लाग्छ । बुधबारको बादल बिहीबार बिहानसम्ममा पूर्वबाट बाहिरिन्छ।

‘पश्चिम नेपालबाट सुख्खा बादल भित्रिएकाले बुधबार देशभर बादल लागेको हो । यो एकदिनका लागि मात्र यस्तो भयो । भोली (बिहीबार)बाट  मौसम सफा हुन्छ’, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेल भन्छन, ‘आत्तिनु पर्दैन । चिसो खासै घटेको छैन ।’ उनले यति भनिरहदा बुधबार बिहानको न्यूनतम तापक्रम ६.८ डिग्री सेल्सियस थियो जबकि मंगलबार ८.५ डिग्री सेल्सियस थियो ।

मौसमविद् बरुण पौडेलका अनुसार सुदुरपश्चिमको आकाश बुधबार साँझबाटै सफा हुन्छ । मध्य र पूर्वी नेपालको भने बुधबार मध्यरातबाट सफा हुन्छ ।

उनका अनुसार घाम नलागेका कारण न्यूनतम घटेको हो र बिहबारको तुलनामा बुधबारको अधिकतम तापक्रम पनि घट्नसक्छ । ‘बादलमा जलवाष्प नभएकाले बुधबार कतैपनि पानी पर्ने संभावना छैन,’ पौडेलले भने, ‘त्यसो त यसले सुदुर र मध्यपश्चिमका हिमालीक्षेत्रमा हल्का हिमपात भने गराएको छ ।’

पौडेलका अनुसार सुदुरपश्चिमको आकाश बुधबार साँझबाटै सफा हुन्छ । मध्य र पूर्वी नेपालको भने बुधबार मध्यरातबाट सफा हुन्छ । ‘पश्चिमको तुलनामा मध्य र पूर्वमा धेरै बादल देखिन्छ’, पौडेलले भने । यस प्रणालीले मंगलबार र बुधबारको मौसममा सामान्य असर गरेको उनले जानकारी दिए । पश्चिमी वायुसँगै अरेबियन सागरबाट आएको सुख्खा वायु पश्चिम नेपालबाट बुधबार भित्रिएको थियो । उनले बिहीवारबाट अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्दै जाने जानकारी दिए । 

वरिष्ठ मौसमविद् मणिरत्न शाक्यका अनुसार त्यसै पनि यो बर्ष  हिउँदे बर्षा कम भएको छ । औसतमा हरेक बर्ष ३÷४ पटक बर्षा हुनुपर्नेमा यस बर्ष एक पटक मात्र बर्षा भएको छ । पश्चिमबाट जलवाष्पयुक्त सक्रिय वायु भित्रिन नसक्दा हिउ“दे बर्षा कम भएको र यही कारणले जाडो कम भएको बताउ“छन् । उनका अनुसार अघिल्लो बर्ष पुस १० गते पश्चिम भेगमा बर्षा भई ढिलै भए पनि हिउँदे वर्षा भएको थियो । तर यस वर्ष पुसको अन्त्य पछि पनि वर्षा भएन ।  सामान्यतया हिउँदयाममा मंसिर महिनाको शुरुवात सँगै मेघ गर्जन सहित बर्षा भई हिउँदको आगमनको संकेत दिने गर्थ्यो । तर अहिले यस्तो मौसमी प्रक्रिया प्राय शुन्य भएको छ ।

शाक्यका अनुसार सामान्यतया हिउँदयाममा सक्रिय पश्चिम वायुको प्रभावबाट मौसममा फेरबदल भई बर्षा हुने गर्छ । हिउँदयामको शुरुवात सँगै नेपाल लगायत दक्षिण एसियामा युरोप महादेशंको चिसो भूभागबाट पूर्वतिर हावा चल्छ । यो हावा एशिया महादेशको उत्तरी भेग स्थित हिमालको बाटो हुँदै पाकिस्तानको उत्तरी भेग र उत्तर पश्चिम भारतबाट नेपाल भित्रिने हुदा झन चिस्सिने गर्छ र यो हावा जहाँ जहाँ बहन्छ त्यहाँ अत्यधिक चिसो मौसमी गतिविधि भित्रिन्छ ।

सामान्यतया हिउँदमा काठमाण्डौको न्यूनतम तापमान शुन्य भन्दा तल झरी अत्यधिक चिसो हुने गर्थ्यो । तर चालु हिउँदमा शुन्य भन्दा तल झर्न सकेन । र यो क्रम विगत केही वर्ष देखि निरन्तर  छ ।

मौसमी तथ्यांक अनुसार काठमाण्डौको हाल सम्मकै सबभन्दा कम न्यूनतम तापमान माइनस ३.५  सन् १९७८ जनवरी ११ मा मापन गरिएको छ । त्यस्तै  पश्चिम तराईको नेपालगंज जहाँ गर्मीमा अति गर्मी र हिउँदमा कठ्याँग्रिने जाडो भई न्यूनतम तापमान शुन्य भन्दा तल झर्ने गर्थ्यो त्यहाँ पनि चालु हिउँदमा न्यूनतम तापमान शुन्य भन्दा माथि नै रह्यो । त्यस्तै देशको अन्य स्थानमा पनि चिसोमा कमी आएको महशुस भएको छ । यस्ले नेपालमा वायुमण्डलीय तापमान वृद्धिलाई पुष्टि गर्दै मौसम परिवर्तनको संकेतलाई प्रमाणित गरेको छ ।

यसरी बहने पश्चिमी वायुको गतिमा अबरोध भई वायुमण्डलीय चापमानमा ¥हास आएको खण्डमा मौसम बदली भई वर्षा हुने गर्छ । यस्तो मौसमी प्रक्रियालाई ‘पश्चिमी वायुको प्रभाव’ भनिन्छ । हिउँदयाममा यस्तो प्रक्रियाबाट नेपाल लगायत दक्षिण एसियाको विभिन्न स्थानमा कम्तिमा पनि ३÷४ पटक वर्षा हुने गर्छ ।

शाक्यले वैज्ञानिक अध्ययनलाई उद्धृत गर्दै भने, ‘हिउँदे वर्षामा कमी आउनुको प्रमुख कारण बिश्वब्यापी रुपमा देखा परेको ‘ईलनिनो’ नै हो ।’ विश्वकै मौसम सम्बन्धी जानकारी राख्ने संयुक्त राज्य अमेरिकास्थित नेशनल ओसनिक एट्मोशफेरिक एडमिनिस्ट्रेशन नामक संस्थाका अनुसार सामान्यतया ईलनिनोको प्रभाव देखा पर्ने बेला दक्षिण एशियामा गर्मीयाममा मनसुनी गतिविधि प्रभावित भई वर्षा न्यून हुने र वायुमण्डलीय तापमान वृद्धि हुने गर्छ ।

‘ईलनिनो’को प्रभावबाट हिउँदे बर्षा प्रभावित हुने गरेको बैज्ञानिकहरुको ठहर रहेको छ । नेपाल लगायत दक्षिण एशियामा सन् २०१४ को जाडोयाम संगै बिश्वव्यापी रुपमा ‘ईलनिनो’को प्रभाव देखा परेको थियो जस्को प्रभाव निरन्तर रुपमा बढ्दै सन् २०१७ को मनसुनकालसम्म पनि देखा परि रह्यो ।

शाक्यका अनुसार ‘ईलनिनो’ले भू–मध्य रेखा स्थित प्रशान्त महासागरको पूर्र्वी क्षेत्रको पानी औसत भन्दा बढी तात्ने प्रक्रियालाई जनाउँछ । यसरी पानी तात्ने बेला बिश्वब्यापी रुपमा वायुमण्डलीय चापमान फेर बदल हुन्छ । यस्तो हु“दा कतै अस्वाभाविक रुपमा हुरी बतास चल्ने र बढी पानी पर्ने हुन्छ भने कतै वर्षामा ह्रास आई सुख्खापन महशुस हुने गर्छ ।

तर यसको ठिक उल्टो प्रक्रियालाई ‘लानिना’ भनिन्छ अर्थात लानिनाको बेला प्रशान्त महासागरको पूर्र्वी क्षेत्रको पानी औसत भन्दा चिसो हुने गर्छ । ईलनिनोको प्रभाव देखा पर्ने बेला गर्मीयाममा भू मध्य रेखा स्थित प्रशान्त महासागरको  पूर्वी क्षेत्रमा बढ्दो आँधीवेरीको कारण वर्षामा बृद्धि हुन्छ भने पश्चिमतिर वर्षामा कमी आउने र न्यानो मौसमी गतिविधि देखा पर्ने गर्छ । अर्थात यस्तो वेला प्रशान्त महासागरको पूर्वी क्षेत्र स्थित दक्षिण अमेरिकाको पेरु, इक्वयडरलगायत आसपासको क्षेत्रमा वर्षामा बृद्धि हुन्छ भने पश्चिम स्थित दक्षिण पूर्वी एशियाको विभिन्न स्थान जस्तै इण्डोनेशिया र वरिपरिको स्थानमा कम मात्रामा वर्षा हुन्छ । त्यही ईलनिनोको सक्रियताले हिउँदमा पनि दक्षिण पूर्वी एसियामा वर्षा अत्यन्त न्यून हुने गरेको बैज्ञानिकहरुको ठहर रहेको छ ।

त्यही ‘ईलनिनो’को प्रभावबाट हिउँदे बर्षा प्रभावित हुने गरेको बैज्ञानिकहरुको ठहर रहेको छ । नेपाल लगायत दक्षिण एशियामा सन् २०१४ को जाडोयाम संगै बिश्वव्यापी रुपमा ‘ईलनिनो’को प्रभाव देखा परेको थियो जस्को प्रभाव निरन्तर रुपमा बढ्दै सन् २०१७ को मनसुनकालसम्म पनि देखा परि रह्यो । यसैको प्रभाव स्वरुप नेपाल लगायत दक्षिण एसियाको विभिन्न स्थानमा ती वर्ष मनसुनी वर्षा कमी हुनुको साथै न्यानो मौसमी गतिविधि महशुस भएको थियो । त्यही ईलनिनोको प्रभावले विगतका हिउँदको साथै चालु हिउँदयाम पनि प्रभावित भएको छ । 

प्रकाशित: २४ माघ २०७४ १०:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App