४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

सीमा अपराध नियन्त्रण गर्न नेपाल-भारतका अधिकारी सहमत

सीमा अपराध नियन्त्रण तथा अन्य विविध विषयमा सीमावर्ती दुई देशका पदाधिकारीहरुबिच छलफल सम्पन्न भएको छ।

भारत बिहार प्रान्तको सीतामढी जिल्लाका सुरक्षा पदाधिकारी तथा नेपाल तर्फको रौतहट, सर्लाही र महोत्तरीका सुरक्षा पदाधिकारीहरुको संयुक्त बैठक गौरमा सम्पन्न भएको हो।

संयुक्त बैठकमा तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सर्लाही र महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी, तीनै जिल्लाका नेपाल प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी बल नेपालका प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निर्देशक, भन्सार कार्यालयका प्रमुखहरुका साथै भारतको तर्फबाट सीतामढी जिल्लाका मुख्य जिल्ला अधिकारीहरुको नेतृत्वमा पुलिस अधीक्षक, भन्सार प्रमुख तथा एसएसबीका अधिकारीहरु, लागू औषध नियन्त्रण अधिकारी लगायतकाहरुको सहभागिता रहेको थियो। नेपाल तर्फका सुरक्षा पदाधिकारीहरुको नेतृत्व रौतहटका प्रमुख जिल्ला अधिकारीले गरेका थिए।

बैठकमा सीमा सुरक्षा र अपराध नियन्त्रण, मानव बेचबिखन, मदिरा तथा लागू औषध ओसारपोसार, अवैध मुद्राको कारोबार नियन्त्रण विषयमा आपसी सहयोग र समन्वयका लागि छलफल भएको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत मणिभुषण साहले जानकारी दिए।

प्रकाशित: १४ पुस २०८० १२:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App