१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

बालकुमारी घटना: डीआईजी आचार्यको नेतृत्वमा समिति गठन, छानबिन गर्न ७ दिनको समय

बालकुमारीमा भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ।

उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्य नेतृत्वमा छानबिन समिति बनाएको गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारी जानकारी दिए।

उनका अनुसार समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य रहेका छन्। समितीलाई सात दिनको समय दिइएको छ। 

रोजगार अनुमति प्रणाली ९ईपीएस० परीक्षाको विषयलाई लिएर युवाहरुले आज प्रदर्शन गरेका थिए। प्रदर्शनको क्रममा उनीहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको चढ्ने ब २ झ ५८६१ नम्बरको गाडी आगजनी गरेका थिए।

सोही घटनामा दुई जनाको मृत्यु पनि भएको छ। 

प्रकाशित: १३ पुस २०८० १०:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App