१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

ज्येष्ठ नागरिकहरूको संरक्षणमा राज्यका सबै निकाय संवेदनशील बन्न आवश्यक: मन्त्री आचार्य

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले ज्येष्ठ नागरिकहरूको संरक्षणमा राज्यका सबै निकाय संवेदनशील बन्न आवश्यक रहेको बताएका छन्।

जनसांख्यिक बनावटमा आएको परिवर्तन, बसाइसराइ, वैदेशिक रोजगारीजस्ता कारणहरूले ज्येष्ठ नागरिकहरूको संरक्षणमा नयाँ चुनौतीहरू थपिएको उल्लेख गर्दै मन्त्री आचार्यले त्यस्ता चुनौतीको समाज सुहाउँदो रणनीति तय गरेर सामना गर्नुपर्ने बताएका हुन।

राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ज्येष्ठ नागरिकहरूको अधिकार सुनिश्चित गर्नका लागि सरकारले सञ्चालन गरेर सेवा–सुविधा सम्बन्धी कार्यक्रमहरु प्रभावकारी रहेको दाबी समेत गरे।मन्त्री आचार्यले ज्येष्ठ नागरिकहरुका लागि दिइएको सामाजिक सुरक्षासँग सम्बन्धित कामलाई बिस्तार तथा गुणस्तरीय बनाउन आफू लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

मन्त्री आचार्यले ज्येष्ठ नागरिकहरूको हितका लागि प्रबुद्ध वर्ग तथा सरोकारवाला निकायको सुझावलाई सरकारले अंगिकार गरेर अघि बढ्ने बताए।

प्रकाशित: ११ पुस २०८० १३:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App