२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रचनात्मक पत्रकारिताको खाँचो छः देउवा

क्याप्शन

नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले रचनात्मक पत्रकारिताको खाँचो रहेको औंल्याएका छन्। नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित तथा सूर्य प्रेम बहुउद्देश्यीय समाजसेवा ट्रष्टद्वारा स्थापित ‘कीर्ति स्मृत्ति पत्रकारिता वृत्ति सम्मान’ अर्पण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापती देउवाले पत्रकारितामा सुधारको खाँचो रहेको बताए।  पत्रकारितामा ‘ब्याड न्यूज ईज गुड न्यूज’ मान्ने प्रचलन रहेको भन्दै उनले भने, ‘तर पत्रकारिता कन्स्ट्रक्टिभ हुनुपर्छ। राजनीतिमा जस्तै पत्रकारितामा पनि सुधारको खाँचो छ।’ 

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्रकारितामा नियमन जरुरी रहेको बताए। पत्रकारितामा छाडातन्त्र रहेको उनले बताए। गण्डकी प्रदेश सरकार प्रेस स्वतन्त्रता प्रति प्रतिबद्ध छ, उनले भने, ‘तर स्वतन्त्रताका नाममा पत्रकारितामा छाडातन्त्र स्वीकार्न सकिदैन। यसलाई नियमन जरुरी छ।’ 

गण्डकी प्रदेशकी स्वास्थ्य तथा सामाजिक विकास मन्त्री सुशीला सिंखडाले पत्रकारिता समाजको दर्पण भएकाले यो जिम्मेवार बन्नुपर्ने बताईन्। अन्य क्षेत्रमा जस्तै पत्रकारितामा पनि विकृति भित्रिएकाले यसलाई संग्लाउन पत्रकारहरु नै जिम्मेवार बन्नुपर्ने उनको भनाई थियो।

कार्यक्रममा पत्रकारिता वृत्ति सम्मानबाट तीनजना पत्रकारलाई सम्मान गरिएको थियो। कार्यक्रममा वरिष्ठ पत्रकार डा. सुरेश आचार्य, माधव शर्मा र कृष्णप्रसाद बाँस्तोला सम्मान गरिएको हो । नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित कृति स्मृति पत्रकारिता वृत्ति सम्मान २०७७ बाट पत्रकार महासंघका पूर्वअध्यक्ष आचार्यलाई सम्मान गर्न गरिएको हो। सोही सम्मान २०७८ बाट प्रेस स्वतन्त्रता सेनानी तथा कास्की शाखाका पूर्वअध्यक्ष माधव शर्मा र २०७९ बाट कास्की शाखाकै पूर्वअध्यक्ष कृष्ण प्रसाद बास्तोलालाई सम्मान गरिएको हो।  

प्रकाशित: ४ पुस २०८० ०९:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App