२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

मुसहरले मनाए माटो दिवस

सिरहा – तराई मधेसमा मुसहर जातिको सबैभन्दा बढी घनत्व भएको जिल्ला हो सिरहा। सिरहाको गोलबजार नगरपालिकामा बुद्यबार मुसहर जातीहरु गोलबन्द भएर माटो दिवस मनाएका छन्।

मधेसी दलितहरुमध्ये पनि सर्वाधिक पिछडिएका जाति मानिनन्छ– मुसहर। पछिल्लो ८ वर्षदेखि सवरी संकल्प समाज गोलबजार तथा नेपाल राष्ट्रिय मुसहर संघ जनकपुरको संयोजनमा यो जातीले प्रत्येक वर्ष माघ १० लाई माटो दिवसको रुपमा मनाउँदै आएका छन्। माटोसँग मुसहरहरुको परम्परगत साईनो रहेको मानिन्छ। त्यसैले आफ्नो पहिचान र सामाजिक परिवर्तनका निम्ति माटो दिवस उनीहरुका लागि सामुदायिक ऐक्यबद्धता दिवस पनि हो।

आफूलाई ऋषिकुलका सन्तान र रामायणकालीन सवरीका वंशज मान्छन, मुसहरहरु। मुसहरहरु ‘दिनाभद्री’लाई लोकदेवता स्विकारेका छन्। दिनाभद्रीको वीरगाथा मुसहर जातिको विशिष्ट सांस्कृतिक परम्पराको प्रतीक रहँदैआएको छ। माटो दिवसमार्फत मुसहरहरुले पुर्खाप्रती सम्मान प्रकट गरेका छन् ।

मुसहरको माटोलाई नै देवता मान्छन्, माटोकै पुजा गर्छन्। अधिकत्तर मुसहरको घर खरले छाएको हुन्छ र त्यो पनि आफ्नो स्वामित्व नभएको जग्गामा। माटोमै श्रम गरेर जीवन बिताउँछौ तर, पनि तयो माटो अर्थात भूमिमा हाम्रो स्वामित्व हुन्न सवरी संकल्प समाजका उपाध्यक्ष अरुण सदाय भन्छन्, ‘अब हामी भूमिप्रतिको अधिकार र आवासको हक पनि खोज्दैछौँ।’

भूमिलाई उर्वर बनाउनु र खेती संस्कृतिको जग हाल्नुसँग आफ्नो जिन्दगी जोड्दै २५ वर्षदेखि माटो काट्ने काम गर्दै आएका मागैन सदाय भन्छन्, ‘भूमिको उर्वरतामा आएको ह्रासले परम्परागत पेशामा पनि शंकट आएको छ।’ समयमा पानी नपर्नु, सिंचाईको समुचित व्यवस्था नहुनु, चुरेको विनाशले निम्त्याएको बालुवाकरणले मुसहरहरुको परम्परागत पेशा संकटमा परेको सवरी संकल्प समाज गोलबजारका अध्यक्ष गुरुशरण सदाय बताउँछन्।

सिरहामा मुसहरहरुको ठूलो हिस्सा पूर्व–पश्चिम राजमार्गको छेउछाउमा बसोबास गर्दै आएका छन्। सडक छेउमा बसोबास गर्दापनि सडकले उनीहरुको जीवनमा प्रगतिको विम्व बलेको छैन्।

कार्यक्रममा प्रमुख अतिथि  सिताराम कट्टेल(धुर्मूस)ले आफू जहिल्यै दुःखी र असहायका लागि सकारात्मक कार्य गरिरहने उद्घोष गरेका थिए।

बुधबार माटोको आठ दियो बालेर कार्यक्रमका प्रमुख अतिथि सिताराम कट्टेल(धुर्मूस) र मुसहर समुदायको पहिलो महिला प्रदेश सभा सदस्य फुलियादेवी सदायले संयुक्त रुपमा उद्घाटन गरेका थिए।

प्रकाशित: १० माघ २०७४ १५:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App