१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

३२ लाखको अवैध सामान बरामद

बाँकेमा भन्सार छलेर भारतबाट नेपाल भित्र्याउँदै गरेको ३२ लाख रूपैयाँ बराबरको अवैध सामान सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं ३० गण बागेश्वरीको टोलीले बिहीबार उक्त सामान बरामद गरेको हो। गणका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्र भारतीका अनुसार खजुरा गाउँपालिका-६ सिमलघारीमा जाँच गर्ने क्रममा भे १ च २३५७ नंको ट्रकमा भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको सामान बरामद गरेको हो।

बरामद गरिएका सामानमा १४ लाख ७० हजार बराबरको लत्ताकपडा, एक लाख ४० हजार रूपैयाँको पित्तलका मूर्ति, भाँडावर्तन, सजावटका सामग्री र सामान बोक्न प्रयोग गरिएको ट्रक रहेका छन्।

ट्रक चालकसहित दुई जनालाई पक्राउ गरिएको सूचना अधिकारी भारतीले बताए। पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका-५ का ५० वर्षीय कमल हलुवाई र चालक ३० वर्षीय भारतीय नागरिक साकिर हुसेन रहेका छन्। दुवै जनालाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयलाई बुझाइएको छ।  

प्रकाशित: २९ मंसिर २०८० ०२:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App