२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

धारिलो हतियार प्रयोग गरी महिलाको हत्या

बैतडीमा धारिलो हतियार प्रयोग गरी एक महिलाको हत्या गरिएको छ। 

सुर्नया गाउँपालिका–३ बिजुलका अन्दाजी ३२ वर्षीय तेजबहादुर चन्दले गाउँकै करिब ५६ वर्षीय महिला हरिना बिष्टको धारिलो हतियार प्रयोग गरि हत्या गरेका हुन्। 

चन्दले मंगलबार दिउँसो घरमै पुगेर बिष्टको सब्बल, हसिया लगायतका हतियारको प्रयोग गरेर हत्या गरेको स्थानीय बताए।

इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरी टोलीले चन्दलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए। चन्दले दिउँसै महिलाको हत्या गरेर वितण्ड मच्चाएपछि स्थानीयवासीहरु त्रसित बनेका छन्।

स्थानीयवासीहरुले खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो। मानसिक सन्तुलन ठिक नभएका चन्दले बिष्टको हत्या गर्नुका साथै उनको गोठमा रहेका दुई बाख्रा समेत मारेकाे स्थानीयवासीको भनाइ छ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले बताए।

प्रकाशित: २७ मंसिर २०८० ११:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App