१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सिम्रौनगढमा प्रहरीको गोली लागेका लक्ष्मी मुखियाको मृत्यु

बाराको सिम्रौनगढ झडपमा प्रहरीको गोली लागि घाइते भएका एक जनाको मृत्यु भएको छ।

टाउकोमा गोली लागि घाइते भएका लक्ष्मी मुखियाको नारायणी अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए।

बुधबार नगरपालिका कार्यालय पुगेका मेयर किशोरी साह कलवार र प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रलाई आन्दोलनरत कर्मचारी र शिक्षकले माग सुनवाइ गर्न दबाब दिएका थिए। सो क्रममा विवाद हुँदा मेयरको गाडीमा तोडफोड गरिएको थियो। त्यही बेला प्रहरी र आन्दोलनरत कर्मचारी र शिक्षकहरूबिच झडप भएको थियो। प्रहरीले  स्थिति नियन्त्रणमा लिन गोली चलाएको थियो।

आन्दोलनकारीको ढुङ्गा प्रहारबाट १० प्रहरी घाइते भएको बारा प्रहरीले जनाएको छ।

प्रकाशित: २७ मंसिर २०८० ११:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App