२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

ध्रुवे हात्तीमा रेडियो कलर जडान

चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई रेडियो कलर जडान गरेको छ।बस्तीमा पसेर दुःख दिन थालेपछि निकुञ्जले आज (सोमबार)  दिउँसो ३ः१० बजे निकुञ्जको सिसवार क्षेत्रबाट ध्रुवे हात्तीलाई रेडियो कलर जडान गरेको हो।  

निकुञ्ज प्रशासन, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोष सहितको प्राविधिक टोलीले चार वटा हात्ती प्रयोग गरेर रेडियो कलर जडान गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।उनका अनुसार, निकुञ्जको मानव बस्तीमा पस्न थालेपछि निगरानी गर्न रेडियोकलर जडान हो।  

‘दशँ पछि मानव बस्ती परेर ठुलो क्षती गरेको थियो’, उनले भने ‘जोखिम नियन्त्रण गर्न र त्यसलाई निगरानी गर्न रेडियो कलर जडान गरेका हौँ।’अब केही समयका लागि ध्रवे हात्तीबाट जोखिम कम हुने उनको भनाई छ। रेडियो कलर जडानका क्रममा दुई वटा दाह्रा समेत काटेको उनले बताए।

रेडियो कलर जडानका लागि निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठ नेतृत्वको प्राविधिक टोली एक सातादेखि परिचालित थियो । हात्तीको खोजिको क्रममा सोमबार सिसवार पोष्टबाट तिन सय मिटर पश्चिमबाट ड्राट गर्न सफल भएको उनले बताए। ड्राट गरेपछि एन्टीजोड दिएर छोडिएको उनले बताए।

रेडियोकलर जडान गरेपछि हात्ती कहाँ छ र के गर्दैछ भन्ने विषयमा निकुञ्जले सहजरुपमा निगरानी गर्न सक्ने उनले बताए।अरु हात्तीभन्दा चलाख भएकाले ध्रुवेलाई रेडियोकलर जडान गर्न कठिन भएको थियो । यस हात्तीले २० जनाभन्दा बढीको ज्यान लिएको उनको भनाई छ।२०६९ सालमा गोली हानेर कब्जा गर्न सरकारले निर्देशन समेत दिँदा गोली छलेर भागेको चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती वन उपभोक्ता समितिका अध्यक्ष प्रकाश ढुंगानाले बताए। यसलाई सन् २०७०, २०७६ मा पनि रेडियो कलर जडान गरिएको थियो। 

केही समयपछि फालेर सम्पर्क बिहिन भएको उनले बताए। ‘पहिला पनि रेडियो कलर जडान गरिएको हो। यसले सधै काम गर्दैन। केही समयपछि डाटाले पनि काम गर्दैन। यसमा जडान गरिएको रेडियो कलरले तीन महिना अगाडिदेखि काम गरेको थिएन,’ उनले भने, ‘आज नियन्त्रणमा लिँदा रेडियो कलर समेत उसको साथमा थिएन।’ यसले सन् २०६९ सालमा चितवन निकुञ्ज आसपासका क्षेत्रमा सबैभन्दा बढी आतंक मच्चाएको थियो।

सो समयमा दाह्रा काटेपछि केही शान्त देखिएको थियो।ध्रुवे हात्ती बथानबाट एक्लिएको भाले हात्ती हो।समय समयमा बस्तीमा पसेर मानिसको ज्यान समेत लिने गरेको छ।यसले बस्तीमा पसेर घर भत्काउने,भण्डारण गरिएको खाद्यान्न नष्ट गर्ने गरेको निकुञ्जले बताएको छ।यो प्राय माडी, कसरा, मेघौली क्षेत्रमा देखिने गर्दछ।

प्रकाशित: २५ मंसिर २०८० १२:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App