७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

१४ किलो सुन बरामद: पौडेलको संयोजकत्वमा छानबिन समिति गठन

त्रिभुवन विमानस्थलबाट बिहीबार राति बरामद भएको १४ किलो सुनबारे छानबिन गर्न समिति गठन भएको छ।  

भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा बरामद भएको १४ किलो सुनबारे छानबिन गर्न समिति गठन भएको हो।

समितिमा प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, डिल्लीप्रसाद शर्मा र शाखा अधिकृत मञ्जु थापा छन्।

बिहीवार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै १४ किलो सुन बरामद गरिएको छ। सुनसहित दुई जना व्यक्ति पनि पक्राउ परेको भन्सार कार्यालयले जनाएको छ।

पक्राउ पर्नेमा चन्द्र घले र गोरखाका मीनबहादुर घले रहेको भन्सार कार्यालयले जनाएको छ।  

प्रकाशित: २२ मंसिर २०८० ०७:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App