२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मृत्यु मान्न तयार छैन रुपकको परिवार, शव भने रुसमै समाधिस्थ

कर्सिब डट आरयूका अनुसार रूपकलाई इभानोभो क्षेत्रको नोभो–तालित्स्कीमा गाडिएको छ। समाधि स्थलमा उनको जन्म मिति २४ जुलाई १९९९ (२०५६ साउन ८) लेखिएको छ।

यता  परिवार शव नहेरी मृत्यु मान्न तयार छैन। उता युक्रेन युद्धमा मारिएका रूपकको शव भने रुसमा समाधिस्थ भइसकेको त्यहाँका सञ्चार माध्यमले सार्वजनिक गरेका छन्। यसले युक्रेन युद्धमा मारिएका कपिलवस्तुको वाणगंगा–१ मान्द्रेली टोलका २४ वर्षीय रूपक कार्कीको शोकाकुल परिवारलाई थप अन्योलमा पारेको छ।

लुम्बिनीका प्रदेश सांसद विष्णु पन्थीसहित स्थानीय जनप्रतिनिधिहरू र प्रहरी रूपक कार्कीको घर पुगी रूपकका बुबा मनबहादुरलाई भेटेर छोराको मृत्यु भएको पुष्टि भइसकेको जानकारी गराएका थिए। यद्यपि रूसी सेनामा कार्यरत रहँदा मृत्यु भएको भने पनि कहिले र कसरी मृत्यु भएको भन्नेबारे सरकारले थाहा दिन नसक्दा परिवारमा अन्योल छाएको रूपकका काका गौतम कार्की बताउँछन्।

वेबसाइटका अनुसार रूपकलाई  इभानोभो क्षेत्रको नोभो–तालित्स्कीमा गाडिएको छ। समाधि स्थलमा उनको जन्म मिति २४ जुलाई १९९९ (२०५६ साउन ८) लेखिएको छ।

रूसको राजधानी मस्कोभन्दा करिब ३२४ किलोमिटर उत्तर–पूर्वमा रहेको इभानोभो क्षेत्रबाट सञ्चालित  एक वेबसाइटले समाधि स्थल सार्वजनिक गर्दै आफ्नो मुख्य काम ‘स्मृतिलाई सुरक्षित राख्नु र इभानोभो योद्धाहरू र तिनका सैन्य साथीहरूका बारेमा जानकारी व्यवस्थित गर्नु’ भनेर लेखेको छ।

वेबसाइटका अनुसार रूपकलाई  इभानोभो क्षेत्रको नोभो–तालित्स्कीमा गाडिएको छ। समाधि स्थलमा उनको जन्म मिति २४ जुलाई १९९९ (२०५६ साउन ८) लेखिएको छ। राष्ट्रियता लेखिएको छैन। इभानोभो रूसको एक प्रशासनिक केन्द्र हो।  

अर्को समाचार वेबसाइट कर्सिब डट आरयूले इभानोभो क्षेत्रको स्मृति पुस्तकलाई उद्धृत गर्दै रूपक कार्कीसँगै सन्दीप थपलिया (नेपाली नागरिक) र पीगा वितेनावी (राष्ट्रियता नखुलेको)लाई गाडिएको बताएको छ। 

स्मृति पुस्तकले उनको राष्ट्रियता नेपाली भनेको छ। १० जनवरी १९९३ (२०४९ पुस २६) गते जन्मिएका उनी २८ जून २०२३ (२०८० असार १३)मा ‘कम्ब्याट मिसन’ का क्रममा मारिएका उक्त वेबसाइटमा उल्लेख छ।

परराष्ट्र मन्त्रालयको मङ्गलवार को विज्ञप्तिमा मृत्यु हुनेहरूमा सन्दीप थपलियाको नाम पहिलो नम्बरमा छ। इभानोभो क्षेत्रको स्मृति पुस्तकअनुसार सन्दीप पनि एसएमओका सदस्यका रूपमा युक्रेनमा थिए। स्मृति पुस्तकले उनको राष्ट्रियता नेपाली भनेको छ। १० जनवरी १९९३ (२०४९ पुस २६) गते जन्मिएका उनी २८ जून २०२३ (२०८० असार १३)मा ‘कम्ब्याट मिसन’ का क्रममा मारिएका उक्त वेबसाइटमा उल्लेख छ।

कर्सिब डट आरयूका अनुसार रूपक र सन्दीपको समाधि स्थलमा कुनै धर्म झल्कने चिह्न वा पुरातन क्रिश्चियनका क्रसहरू राखिएका छैनन्। नाम थर र जन्म मृत्युको मिति मात्र राखिएको छ। समाचारमा भनिएको छ, ‘समाधि स्थलमा रूसका रक्षा सेनाले माला पहिर्‍याइदिएका छन्।

प्रकाशित: २१ मंसिर २०८० ०७:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App