१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

अपराधलाई निरुत्साहन

सोेती घटनाको फैैसलालगत्तै दलित अधिकारकर्मी तथा गैरदलित समुदायहरूले विभिन्न किसिमका प्रतिक्रिया व्यक्त गरेका छन्। धेरैले जातका कारण भएको हत्यामा जिल्ला अदालतले न्यायिक फैसला गरेको औंल्याएका  छन्।

कवि तथा लेखक अभय श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘आमा र भाइलाई जातीय विभेदको सजायको फैसला हामीजस्ता न्यायप्रेमी सबैको जित हो।’

उनले थपे, ‘यसले मृतकका परिवारलाई न्याय त हैन, राहत भने पक्कै मिलेको हुनुपर्छ । हत्या, त्यसमाथि जातिभेदको क्षतिपूर्ति र त्यसप्रति पूर्ण न्याय त कहिल्यै हुँदैन। यसले जातिभेद गर्नेलाई भने पक्कै झस्काउनेछ। जात व्यवस्थाकै अन्त्य गरौं। सबै जना सचेत होऔं, फेरि यस्तो घटना कहिल्यै कतै नहोस्।’

घटनाको सुरुदेखि यो घटनामा सरिक अधिवक्ता मोहन साशंकरले अदालतले दलित घटनामा इतिहासमै पहिलो पटक न्यायपूर्ण फैसला गरेको प्रतिक्रिया दिए। केही मागदाबीहरूमा कमी भए पनि अदालतको फैसला स्वीकारयोग्य रहेको उनको भनाइ छ। उनका अनुसार आजीवन कैैद, जातीय छुवाछूतमा संलग्न सबैलाई थप १० वर्ष जेल सजाय हुनुपर्नेमा यसो नभएको उनले बताए। फैसलामा भएका कमजोेरीका लागि पुनः पुनरावेदन जाने योेजना रहेको उनले बताए।

रुकुम सोेती घटनामा सुरुदेखि सहभागी दलित अधिकारकर्मी तथा जाजरकोटकी पार्वती विकले अदालतको फैसलाले पीडितको घाउमा मलम लगाएको बताइन्। ‘पीडित परिवारले जुन पीडा भोगेका थिए, एक चरणमा न्यायको अनुभूति भएको छ,’ उनले भनिन्। आजको समाजमा मानवता हराए पनि न्याय हराएकोे रहेनछ भन्ने अनुभूति भएको उनले बताइन्। अबका दिनदेखि यति संवेदनशील घटना कहिल्यै नघटोस् भन्ने कामना गरेको विकले बताइन्। विक यो घटनामा शव खोेज्ने, घाइतेको बयान लिने, शवको पोस्टमार्टम गर्ने, सरकारी वकिलकोे कार्यालयमा पुग्नेदेखि सबै तहमा सहभागी थिइन्।

घटनाको विषयमा एसिया दलित राइट फोेरमका महासचिव भक्त विश्वकर्माले सोेती घटनामा अदालतको फैसला न्यायिक कदम रहेको बताए। ‘सिंगो समाज उभिएको घटनामा न्याय पाउनु कठिन विषय थियोे, न्यायमूर्ति न्यायको पक्षमा उभियो,’ उनले भने। न्यायसँगै पीडितहरूले राहतको महसुस गरेको, अपराधीलाई निरुत्साहन र अदालतलाई न्याय निरूपणमा उत्साह उत्पन्न भएको विश्वकर्माको भनाइ छ। ‘योे राष्ट्रिय–अन्तर्राष्ट्रिय चासोको घटना थियो। फैसलाले जातीय विभेदमा हुने अपराधहरूलाई निरुत्साहन गरेको छ,’ उनले भने।

राष्ट्रिय दलित आयोेगका अध्यक्ष देवराज विश्वकर्माले अदालतले स्वागतयोेग्य फैसला गरेको बताए। ‘दलित घटनामा यति धेरैै जनालाई जेल सजाय दिने गरी भएको यो फैसला इतिहासमैै पहिलो हो,’ उनले भने। रुकुमको सोती घटनालगत्तै न्यायिक प्रक्रियाका लागि आयोगले अधिकार क्षेत्रभित्र रहेर भूमिका निर्वाह गरेको विकले बताए।

प्रकाशित: २० मंसिर २०८० ०२:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App