२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

राष्ट्रिय भूमि अधिकार मञ्चको अध्यक्षमा दर्जी

राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालको छैटौँ राष्ट्रिय सम्मेलन चितवनको नारायणगढमा सम्पन्न भयो। मंसिर १६ र १७ गते भएको सम्मेलनले ल्यामबहादुर दर्जीको अध्यक्षतामा १९सदस्यीय राष्ट्रिय समिति चयन गरेको छ।

सम्मेलनले राष्ट्रिय मञ्चको छैटौँ कार्यकालका लागि उपाध्यक्षमा बलबहादुर तामाङ, महासचिवमा फौदसिंह स्याङ्वा, कोषाध्यक्षमा पातली थामी, सचिवमा बिजु खाँडलाई चयन गरेको छ। यस्तै सदस्यहरूमाबबिता धमला, छुमरु सरदार, विन्दुकुमारी श्रेष्ठ, बण्ठा दमाई, निर्मल नेपाली, मनरुपा कुमाल, मञ्जु चौधरी, रामकुमार हरिजन, छोटेलाल चौधरी, कलावती सुनार, मायप्रसाद जैसी, सुर्जा लोहार, दानबहादुर गौतम चयन भएका छन्।

देशभरबाट सहभागी भएका ३५० प्रतिनिधि र ५० जना पर्यवेक्षकले सम्मेलनमा मञ्चको प्रगति एवं साङ्गठानीक प्रतिवेदन, आर्थिक प्रतिवेदन छलफल पारित गरेको छ। सम्मेलनमा प्रतिनिधि एवं पर्यवेक्षकहरुको बृहत छलफलपछि १५ बुँदे माग र ७ बुँदे आगामी कार्ययोजनासहित चितवन घोषणा पत्र, २०८० जारी भएको छ।

राष्ट्रिय भूमि अधिकार मञ्च मुलुकभरका भूमि अधिकारबाट बञ्चित तथा पीडित भूमिहीन सुकुमबासी, मोही किसान, गुठी किसान, मुक्त कमैया, हरवाचरवालगायत सबै प्रकारका भूमिअधिकार पीडित किसानहरूको स्वतन्त्र र साझा जनसङ्गठन हो। मञ्च कुनै दलविशेषसँग सङ्लग्न नरहेको तर जनमुखी भूमिसुधारको निम्ति सबै राजनीतिक दलहरूसँग आधिकारिक संवाद गर्न सक्षम र स्वतन्त्र सङ्गठन हो।

देशभरका भूमि अधिकारबाट बञ्चितलाई भूमिहक दिलाउने, प्राप्त भूमिको सदुपयोग र भूमिको दिगो उपयोगमार्फत किसानहरूको जीविकोपार्जनमा सहज बनाउन सहजीकरण गर्ने यो अभियानलाई छैटौँ राष्ट्रिय सम्मेलनले नयाँ ऊर्जा र मार्गदर्शन गरेको छ।

राष्ट्रिय सम्मेलनमा सहभागी अगुवा तथा सदस्यहरुले विगतमा भएका कमीकमजोरी सच्याउन गहन समीक्षा गर्दै समुदाय केन्द्रित हुने र सङ्गठत र आन्दोलनको सुदुढीकरण गर्ने योजना बनाई लागू गर्ने प्र्रतिवद्धता पनि व्यक्त गरेको छ। साथै सङ्गठन र अभियानलाई देशव्यापी बनाई हरेक वर्ष एक राष्ट्रिय तहको आन्दोलन गर्ने र भूमिका समस्यालाई समाधान गर्नेतर्फ जोड दिने प्रतिवद्धता पनि गरेका छन्।

देशका विभिन्न ६० जिल्लामा फैलिएको जिल्ला भूमि अधिकार मञ्च र २ हजार ८ सय ४३ गाउँ भूमि अधिकार मञ्चमार्फत् सङ्गठनको शक्ति मजबुत हुँदै अघि बढेको छ। मञ्चमा हालसम्म ९८ हजार २ सय ७५ सदस्यहरू (३५,०५५ महिला, ४२२३७ दलित, २२९६७ जनजाति) सङ्गठित छन्।

प्रकाशित: १८ मंसिर २०८० ०७:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App