नेकपा एकिकृत समाजवादी पार्टी निकट रहेको नेपाल रिटर्नी एशोसिएसनले जाजरकोटका भूकम्पपीडितहरुलाई जाडोमा न्यानो कपडा र फाइबरको डबल न्यायो सिरक वितरण गरेको छ।
जाजरकोटको खलङ्गाबाट ५ घण्टाको दूरीमा रहेको कुसे गाउँपालिका वडा ९ मा २८० भूकम्प पीडित घर परिवारका सदस्यलाई फाइबरको डबल न्यानो सिरक वितरण गरेको हो।
एशोसिएसनका अध्यक्ष प्रवीन पौडेलका अनुसार वडाका जन प्रतिनिधि नेकपा एकीकृत समाजवादी पार्टीका तथा अन्य दलका गाउँ तथा प्रदेशका स्थानीय नेताहरु स्थानीय बुद्धिजीवीहरूको रोहबरमा न्यानो कपडा, स्कूल ब्याग र सिरक वितरण गरिएको हो।
उनका अनुसार मंसिर ११ गते अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई रुकुमको आठबिसकोट नगरपालिका स्थित जनविकास माध्यमिक विद्यालय ज्यामिरकोट पुुगेर कापी कलम सहित ३०० विद्यार्थीलाई स्कूल ब्याग र २० घरपरिवारलाई फाइबरको न्यानो डबल बेडको सिरक हस्तान्तरण गरेका थिए।
सो क्षेत्रमा समाजवादी विद्यार्थी संगठले अस्थायी घर टहरा निर्माण समेत गरिरहेको छ। साथै नेपाल रिटर्नी एसोसिएसनले प्रभावित क्षेत्रमा जनताको राहतका पार्टीको राहतकोषमा रु५० हजार जम्मा गरेको छ।
प्रकाशित: १३ मंसिर २०८० ०३:२५ बुधबार