२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

जलवायु परिवर्तनको असरबारे संसदीय समितिको चासो

फाइल तस्वीर

जलवायु परिवर्तनका लागि सांसदले भूमिका बढाउन नसकेको समितिका सदस्यहरूले गुनासो गरेका छन्। राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको आइतबारको बैठकमा प्रतिनिधिसभाका कृषि तथा सहकारी र पूर्वाधार विकास समितिका सदस्य र सरोकारवालाबीच जलवायु परिवर्तनको सवालमा छलफल भएको थियो।

छलफलमा दिगो विकासको लक्ष्यसँग जालवायु परिवर्तन जोडिएकाले यसबारे समितिले भूमिका खेल्नुपर्ने समितिका सदस्यहरूले बताए। आगामी नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म संयुक्त अरब इमिरेट्सको दुबईमा हुन लागेको कोप २८ सम्मेलनमा पनि नेपालले सशक्त रूपमा भूमिका खेल्नुपर्ने सांसदहरूको भनाइ रहेको छ।

सम्मेलनबाट फर्केर पुनः यसबारे थप छलफल गरी सरकारले गर्नुपर्ने कामबारे समितिले निगरानी अगाडि बढाउनुपर्ने समितिका सदस्य तथा विज्ञहरूले सुझाव दिए। राष्ट्रिय मानव अधिकार आयोगका कामु सचिव मुरारीप्रसाद खरेलले जलवायु परिवर्तनले पानी पर्ने समयमा परिवर्तन गरेको, हिंसा बढाएको, मानवीय क्षति बनाएकाले यसलाई समग्र रूपमा हेर्नुपर्ने बताए। कोप सम्मेलनबारे जानकारी माग गर्ने अधिकार संसदीय समितिको भए पनि यसअघि समितिले सरकारसँग माग गर्न नसकेको उनले बताए।

कोप–२८ संयुक्त राष्ट्रसंघको २८औं वार्षिक जलवायुु बैठक हो। यसमा विश्वका सरकारहरूले भविष्यको जलवायु परिवर्तनलाई कसरी रोक्ने र त्यससँग जुध्न तयारी गर्ने विषयमा छलफल गर्छन्।  

प्रकाशित: ११ मंसिर २०८० ०३:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App