८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

शङ्खध्वनि प्रतियोगिता हरिबोधिनी एकादशीमा

नुवाकोटको सामुदायिक रेडियो नुवाकोट एफएमले बुधबार प्रतियोगितात्मक शङ्खध्वनि आयोजना गर्ने भएको छ।हरिबोधिनी एकादशी २०८० का अवसरमा यही मङ्सिर ६ गते विदुर नगरपालिका–५ देवीघाटको चौतारामा आयोजना गर्न लागिएको प्रतियोगितामा करिब ६० जनाले सहभागिता जनाउने बताइएको छ।

नेपाली मौलिक कला, धर्म र संस्कृतिको जगेर्ना गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्न प्रवद्र्धन गर्ने उद्देश्यले सनातनी हिन्दू धर्मका विभिन्न संस्कारमा नभई नहुने शङ्खको उपयोग, संरक्षण र सम्वद्र्धनार्थ पहिलो पटक बागमती प्रदेशस्तरीय शङ्खध्वनि प्रतियोगिता आयोजना गर्न लागिएको एफएमका स्टेसन म्यानेजर श्रीराम अधिकारीले जानकारी दिए। 

नेपाल, भारत, श्रीलङ्का, बङ्गलादेशलगायतका मुलुकमा शङ्ख प्रयोग गरेको पाइन्छ । विभिन्न संस्कारमा शङ्ख नभई हुँदैन।शङ्ख दिनानुदिन लोप हुँदै गएकाले गर्न युवापुस्ता संरक्षणमा लाग्नुपर्ने संस्थाका अध्यक्ष शिवप्रसाद न्यौपानेले बताए।  

प्रतियोगितामा प्रथम हुनेलाई रु १० हजार, द्वितीय हुनेलाई रु सात हजार, तृतीय हुनेलाई रु पाँच हजार तथा  सान्त्वना पाउनेलाई रु तीन हजार तथा सम्पूर्ण सहभागीलाई प्रमाणपत्र प्रदान गरिनेछ। प्रतियोगितामा सम्पूर्ण उमेर समूहका इच्छुक व्यक्तिले सहभागिता जनाउनसक्ने बताइएको छ । प्रतियोगिताका निर्णायकमा वरुण खतिवडा, मनोज सुवेदी र छेवाङ तेन्जिङ तामाङ रहेका छन।

‘कार्यक्रमका लागि कार्यक्रममात्र नभएर समाज रूपान्तरण तथा जनचेतनाका निमित्त कार्यक्रम’ भन्ने मूलमन्त्रलाई आत्मसात् गरी संस्थाले यो प्रतियोगिता आयोजना गर्न लागेको हो’, रेडियो पत्रकार अधिकारीले भने।

प्रकाशित: ४ मंसिर २०८० ०७:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App