२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

रुकुम पश्चिममा जिप दुर्घटना, २१ जना घाइते

घाइतेहरूकाे चौरजहारीस्थित मिसन अस्पताल उपचार हुँदै ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको गैरीज्यूलामा जिप दुर्घटना हुँदा २१ जना यात्रु घाइते भएका छन्।  

आज बिहान चौरजहारीबाट सदरमुकाम खलंगा आउँदै गरेको लु१ज २२९७ नम्बरको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइते भएका मध्ये सात जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी नवराज भट्टराईले जानकारी दिए।

जिप मध्यपहाडी राजमार्ग अन्तर्गत चौरजहारी नगरपालिका–८ गैरीज्यूलाबाट करिब २५० मिटर तल भेरी नदी किनारमा खसेको उनले जानकारी दिए। घाइतेहरू सबैको चौरजहारीस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: ४ मंसिर २०८० ०५:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App