१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

प्रहरीले गोली हानेर बाँकेबाट एक जनालाई नियन्त्रणमा लियो

धारिलो हतियार प्रयोग गरी स्थानीयलाई गम्भीर घाइते बनाएका एक जनालाई बाँके प्रहरीले गोली हानी नियन्त्रणमा लिएको छ।

प्रहरीले खजुरा-४ बाट शुक्रबार बिहान गोली हानी कोहलपुर-११ का आकाश रानालाई नियन्त्रणमा लिएको हो।

कोहलपुर-१२ का २९ वर्षीय मीनबहादुर विकलाई उनले धारिलो हतियार प्रयोग गरी फरार भएका थिए।

आपराधिक गतिविधि गरी फरार रहेकालाई एक राउण्ड गोली हानी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए। घाइतेको भेरी अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: १ मंसिर २०८० ०७:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App