२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

भैंसीसित मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु

झापामा भैंसीसित मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गएको छ। एकजना घाइते भएका छन्।

झापाको कमल गाउँपालिका-३ सहिदगेट नजिक को २१ प ७७ नम्बरको मोटरसाइकल बुधबार भैंसीसँग ठोक्किएको हो। उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङको सुन्दरहरैंचा नगरपालिका-४ का ३१ वर्षीय मदनबहादुर लायमगरको मृत्यु भएको छ। तीव्र गतिको मोटरसाइकल अनियन्त्रित हुँदा भैंसीसँग ठोक्किन पुगेको थियो।

दुर्घटनामा परी मोटरसाइकलमा सवार सुनसरीको इटहरी-४ का ३० वर्षीय अभिषेक चौधरी घाइते भएको प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए। उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: ३० कार्तिक २०८० ०४:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App