३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

सिन्धुली कारागारका एकजना कैदीबन्दीको मृत्यु

सिन्धुली कारागारका एकजना कैदीबन्दीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरञ्जीवी दाहालका अनुसार मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालिका–१० का ३० वर्षीय विमल थापा रहेका छन्।

उनले गयराति कारागारमै तिहार मनाएर देउसी खेलिसेकपछि खाना खाएर सुतेका थापा बिहान साढे ३ बजे बेहोस अवस्थामा फेला परेको बताए। थापालाई तत्काल उपचारका लागि सिन्धुली जिल्ला अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको पनि उनले जानकारी दिए।

उनका अनुसार थापाको हृदयघातका कारण मृत्यु भएको हुन सक्ने अनुमान गरिएपनि पोष्टमार्टम पछि मात्रै यकिन कारण पत्ता लाग्नेछ।

थापा सवारी ज्यान मुद्दामा पुर्पक्षका लागि असोज १७ गतेदेखि थुनामा थिए।

प्रकाशित: ३० कार्तिक २०८० ०४:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App