१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

बल्खुमा एक जना पुरुषको शव भेटियो

काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित सुकुम्वासी बस्तीको टहरामा बस्दै आएका मोरङ पथरी शनिश्चरे नगरपालिका–१ का स्थायी बासिन्दा ४५ वर्षीय गोकुल खड्कालाई प्रहरीले आज मृत अवस्थामा फेला पारेको छ।

यसैगरी, अर्घाखाँचीको मालारानी गाउँपालिका३ ढाडमसिना सामुदायिक वनको भीरमा सोही गाउँपालिका३ खनार बस्ने ७० वर्षीय छविलाल खत्रीको आजै शव भेटिएको छ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सिन्धुलीको दुधौली नगरपालिका–५ सिर्थौली बस्ने ६० वर्षीय सर्लु कुमारको कमला खोलामा डुबेर आज मृत्यु भएको छ।नुहाउने क्रममा उनी डुबेका हुन्।तीनवटै घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २६ कार्तिक २०८० १३:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App