१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

फाल्गुनन्दको पूर्ण कदको स्मारक निर्माणको खर्च विवरण सार्वजनिक

ताप्लेजुङको तोक्मेडाँडामा स्थापना गरिएको किराँत धर्मका महागुरु फाल्गुनन्द लिङदेनको पूर्ण कदको स्मारक निर्माणमा भएको आम्दानी तथा खर्चको विवरण सार्वजनिक गरिएको छ। 

स्मारक निर्माण समितिका अध्यक्ष खगेन्द्र फेम्बो लिम्बूले फाल्गुनन्दको १३९ औं जन्म जयन्तीका अवसर पारेर खर्च विवरण सार्वजनिक गरेका हुन्।१३८ औं जन्म जयन्तीका अवसरमा स्मारक अनावरण गरिएको थियो।आयव्ययको विवरण तयार हुने र संकलन हुने क्रम पनि जारी रहेकोले सालिक अनावरण भएको वर्ष दिन पछि खर्च विवरण सार्वजनिक गरिएको फेम्बोले बताए।

१५ फिट अग्लो र एउटै ढुङ्गाबाट बनेको १ सय ३५ क्विन्टल वजनको स्मारकसँगै त्यहाँ स्मारक संरक्षणका लागि अरु पूर्वाधार निर्माणका कामहरु पनि जारी थि ।  

फेम्बोका अनुसार स्मारक निर्माणका क्रममा १ करोड २५ लाख  ८७ हजार ७ सय ५ रुपैयाँ आम्दानी भएको छ।रसिद कटाएर १ करोड ५ लाख ८ हजार १ सय ९७ रुपैयाँ, बेलायतबाट ७ लाख ६० हजार ५ सय ८८ रुपैयाँ संकलन भएको छ।यस्तै यहाँस्थित फुङलिङ नगरपालिकाबाट १२ लाख १७ हजार ९ सय २० रुपैयाँ र पाथीभरा याङवरक गाउँपालिकाबाट १ लाख रुपैयाँ सहयोग प्राप्त भएको निर्माण समितिले जनाएको छ।

जनश्रमदान बाहेक जम्मा स्मारक निर्माणमा १ करोड १७ लाख ६१ हजार २९ रुपैयाँ खर्च भएको अध्यक्ष फेम्बोले बताए।समितिका दक्ष र अर्धदक्ष जनशक्ति गरी विभिन्न किराँत धर्मालम्बीहरुले करिब साढे ५ लाख रुपैयाँ बराबरको श्रमदान गरेका छन्।स्मारक निर्माण तथा ढुवानीमा ३४ लाख २ हजार रुपैयाँ खर्च भएको समितिले जनाएको छ।

त्यस्तै बालुवा, गिटी, ढुङ्गामा ७ लाख ६ हजार, रड सिमेन्टमा १४ लाख १८ हजार ४ सय ४५, मार्बल टायल खरिदमा ४ लाख २ हजार ५ सय रुपैयाँ खर्च भएको छ । स्मारकमा ओढाइएको तामाको छाता खरिद तथा ढुवानीमा ६ लाख, यातायात अन्तर्गत हवाई सेवा अन्य सवारीमा १८ लाख ५ सय रुपैयाँ खर्च भएको समितिले सार्वजनिक गरेको छ।

शिलालेख तयारीका लागि ९ लाख ५० हजार रुपैयाँ खर्च हुँदा निर्माणमा ८ लाख ३ सय रुपैयाँ खर्च भएको छ।स्मारक अनावरणको समयमा ६ लाख ८० हजार ८ सय १० रुपैयाँ,ब्यानर, पोस्टर तथा सञ्चारमा ३ लाख ५३ हजार २ सय ८९ रुपैयाँ, विद्युतीय सामाग्री खरिदमा ९ लाख ५ हजार ७ सय ७० र विविधतर्फ २ लाख ५५ हजार ८ सय ८ सय ९० रुपैयाँ खर्च भएको समितिले जनाएको छ। यस्तै स्मारक निर्माण समितिसँग ८ लाख रुपैयाँ बढी बैङ्क मौज्दात रहेको फेम्बुले बताए।

१ लाख १ हजार १ सय ८ रुपैयाँ केही समय अगाडि मात्र समितिलाई प्राप्त भएकोमा सो रकम भने समितिका कोषाध्यक्ष डम्बरबहादुर पालुङवासँग सुरक्षित रहेको समेत समितिले जनाएको छ।  

प्रकाशित: २६ कार्तिक २०८० १३:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App