२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

लाखौँको पटाका नष्ट

अवैध रुपमा नेपालमा भित्र्याइएको लाखौँको पटाका नष्ट गरिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटको नियमित गस्ती टोली तथा प्रहरीको चेकजाँचको क्रममा बरामद गरिएका लाखौँ मूल्य बराबरको अवैध पटाका प्रहरीले नष्ट गरेको हो।

भारतबाट अवैध रुपमा चोरी पैठारी गरी नेपालतर्फ ल्याइएका दश बोरा पटाका फेला पारी नष्ट गरिएको हो। जिल्ला प्रहरी कार्यालय रौतहटले स्थानीय भद्र भलादमी, सञ्चारकर्मी तथा प्रहरी समेतको रोहबरमा लाखौँ मूल्य बराबरको पटाका नष्ट गरिएको जनाएको छ।

रौतहटमा पटाका  खरिद बिक्रीमा रोक लगाइएको भए पनि हरेक दिन हजारौँ पटाका उडाउने गरिएको छ। गत केही दिनदेखि जिल्लाको हरेक गाउँ, टोल तथा चोकमा सयौँको संख्यामा पटाका उडाउने गरिएको छ।

भारतबाट दिनहुँ लाखौँ मूल्यको पटाका लुकाइ छिपाइ सर्वसाधारणले नेपालतर्फ ल्याइरहेका छन्। छठको दिनसम्म पटाका बजाउनु संस्कृतिजस्तै भइसकेको छ।

प्रकाशित: २५ कार्तिक २०८० १४:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App