१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

कोहार र कसघड जातिलाई पुर्ख्यौली पेशाले जीवन धान्नै मुस्किल

कपिलवस्तुको सदरमुकाम तौलिहवा बजारमा माटाका दियो लगायतका सामाग्री बेच्दै कोहार र कसघडहरु ।

कपिलवस्तु नगरपालिका–२ रमतलहाका भोला कोहारले मोटोका सामाग्री बनाउन थालेको पनि चार दशक बढी बित्यो। विगत पाँच सात वर्षहरूका तिहारमा बेला माटोका सामाग्री पनि राम्रो बिक्री हुन्थ्यो। तर केही वर्ष यता भने  उनको आफ्नो र परिवारको जीवन धान्न मुस्किल परेको छ। 

तिहारमा बढी बिक्री हुने भएकाले ६० वर्षे उनी अहिले घरमा बनाएका माटाका  सामाग्री बजारमा बेच्न व्यस्त छन। उनी चार्ड पर्व आउँदा साथ महिना डेढ दुई महिना माटोको कला सृजनामै व्यस्त हुन्छन्। राम्रो भाँडाकुँडा बनाउँछन्। १५ वर्षको उमेरबाटै माटोकै भाँडाकुँडा बनाउँदै आएका उनले भने व्यापार दिनानुदिन खस्कँदो छ। चुलौचोकोकै समस्या हुन थालेको छ। माटाका भाँडाकुँडा बनाउने कोहार समुदायको पेसा सङ्कटमा परेको छ। 

जिल्लामा हिन्दुहरूको कोहार र मुस्लिमहरूको कसघड जातिले माटाका भाडाहरू बनाउने गर्छन। उनीहरूको यही पुर्ख्यौली पेसा हो। ‘  विगतमा माटाका सामाग्रीहरू बढी बिक्री हुन्थ्यो तर अहिले ती दिनहरू गए ’ भोलाले निराश हुँदै भने ‘ रेडी मेट  प्लाष्टिको सामानमा आकर्षण बढे पछि अहिले परिवारको गुजारा चलाउन पनि मुस्किल भएको छ ’। ‘अरु बेला खासै बिक्री नभए पनि चाडबाडले भ्याई नभ्याई हुन्थ्यो’ उनले भने, ‘तर आज भोली व्यापार छैन्।’ ‘माटोका भाडाको राम्रो व्यापार व्यवसाय नहुँदा घर खर्च टार्न पनि गाहैं हुन थालेको दुखेसो गरे।’ 

भाँडाकुँडा बिक्री हुन छोडेपछि कोहार समुदायलाई पुर्ख्यौली पेसा जोगाई राख्न सकस भएकोले उनी चिन्तित छन्। ७ जनाको परिवार जेनतेन पालेको छु उनले भने। ‘ तर अब जवानी बिताएको पेसामा टिकिराख्न गाहैं छ ’  उनले भने।माटोका सामाग्री बनाउन कोचो माटोको जोहो गर्न पनि गाह्रो हुने गरेको उनले बताए। ‘ पहिले नजिकैको पोखरीमा पाइन्थ्यो  अहिले टाढा टढा जानु पर्छ ’ उनले भने। काँचो माटोबाट बनाएको सामग्रीलाई घाममा सुकाउने अनि आगोमा पोले पछि बल्ल माटोका सामग्री बन्ने गर्छ। तर त्यति मिहिनेत र परिश्रमले बनाएको सामाग्री बेच्नेलाई पनि हम्मे हम्मे पर्ने गरेको उनले गुनासो गरे। ६ वर्ष अघि सम्म दशैं तिहारको बेला माटोका भाँडाकुँडा बेचेर ४० देखि ५० हजार कमाई हुन्थ्यो उनले भने। तर यो वर्ष मुस्किलले ९ हजारको पनि व्यापार नभएको उनले बताए। उनले माटो भाँडाकुँडा दियो, खुत्रुके, चुल्हो, गमला, हाँडी, गिलास र गाग्री बनाउन गजबको सृजना गर्छन्।

उनी मात्र नभई महुवाका राम किशोर कोहारलाई पनि उस्तै पिरलोमा छन्। ‘तर पनि यस वर्ष माटाका भाँडाकुँडा बनाउदैछु’ उनले भने, ‘माटोको राम्रो व्यापार व्यवसाय नहुँदा घर खर्च टार्न पनि गाहैं हुन थालेको।’ माटोको भाँडाकुँडा बिक्री हुन छोडे पछि कोहार समुदायलाई पुर्ख्यौली पेसा जोगाई राख्न धौधौ बनेको छ। प्रविधि विकासले विद्युतीय, प्लास्टिक र अन्य कृत्रिम सामग्री प्रयोग ह्वात्तै बढेको छ। ‘राम्रो चिटिक्क देखिन्छ’ तौलिहवाका अनिल कोहारले भने, ‘पसलै पिच्छे पाइन्छ।’ सस्तो र सजिलै पाइन्छ उनले भने। पेसा चौपट पारेको छ। तर सामग्री प्रयोग गर्दा हुने वातावरणीय नोक्सानी तिर कसैले ध्यान दिँदैनन्। ‘अब माटोका भाँडाकुँडा बिक्री गरी बाँच्न सकिन्न’ उनले भने, ‘लालाबाला कसरी पढाउने ? ३ दशक देखि भाँडाकुँडा बेचेर घर गर्जौ चलाउँदै आएका उनले भने। 

पढेको छैन् अब के गर्ने कसो गर्ने चिन्तामा छु। विशेष गरी दशैं र तिहारका बेला माटोका भाडाकुडाको माग ह्वात्तै बढछ। गाँउसहरका प्रत्येक घरमा पहिले दशैं तिहारमा माटोको दियामा बत्ती बालिन्थ्यो। तर आज भोली माटोको दियो बाल्ने घर कम भइसके। त्यस्तै दशैं तिहारका बेला बालबालिका माटाका भाँडाकुडामा खेल्दै रमाउँथे। ‘दुई तीन साता यहाँका माटोका बजार बालबालिकाले नै भरिन्थ्यो’ स्थानीय रामदेव कोहरले भने, ‘अहिले प्लास्टिकको भाँडाकुँडाले बजार पाउँदा बालबालिका बजारै आउन छाडे।’चार्ड पर्व आई सक्दा पनि बत्ती बाल्न प्रयोग गरिने दियो, खुत्रुके, चुल्हो, गमला, हाँडी, गिलास र गाग्री लगायतका सामग्रीको माग छैनन्। ६ वर्ष अघि सम्म माटोको दियो बेचेर ६ जनाको परिवार चलाउँदै आएका महुवा गाँउका पुन्नवासी कोहारले अब यो पेशाले चुलो चौको थेग्न नसक्ने बताए। 

‘प्लास्टिकको झिलिमिली बत्ती, मैनबत्तीको प्रचलन गाँउसम्म पुग्यो’ उनले भने, ‘माटोका भाँडाकुँडा दियो बिक्नै छोड्यो।’ ६ वर्ष अघि सम्म दसैँका तिहारको बेला माटोका भाँडाकुँडा बेचेर ३५÷४० हजार कमाउन गरेको कपिलवस्तु नगरपालिका–३ कुदानका चिनकु कोहारले बताए। तर यो वर्ष १० हजारको पनि व्यापार गर्न गाहै भएको बताए। ‘प्रदूषण नहुँदा स्वास्थ्यका हिसाबले पनि माटोका भाँडाकुँडा राम्रो हो’ उनले भने, ‘तर जान्दाजान्दै पनि उपभोक्ता प्लास्टिकका सामान तर्फ नै आकर्षित हुन्छन्।’ 

पुख्र्यौली पेशाले जीवन धान्न धौ धौ परेपछि कोहार जातीको पेसा सङ्कटमा परेको छ। पेसा सङ्कटमा परे पछि पुख्र्यौली पेसा बुढापाकाले सम्हालेको सेमरीका अङ्गद कोहार बताए। युवा भने वैदेशिक रोजगारी र अन्य वैकल्पिक पेसा रोज्न थालेका उनले थपे। तराईमा माटोका भाँडाकुँडा बनाउने कोहार जाती हुन।  

प्रकाशित: २५ कार्तिक २०८० १२:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App