२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

७ बजे ७ प्रदेश : साहको पद यथावत राख्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिका प्रमुख रीना साहको पद खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले साहको पद रिक्त गर्ने निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेको हो।

मुगु हत्यामा मामाका छोराको संलग्नता

मुगुको छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँमा एकै परिवारका चार जनाको हत्यामा आफन्तको संलग्नता देखिएको छ।हत्या आरोपमा पक्राउ परेका ३१ वर्षीय गोपाल बोहोरा मृत्यक श्रीदेवीको आफ्नै मामाका छोरा हुन् भने  ३१ वर्षीय गोरखराज शाही (ठकुरी)पनि नातेदार नै हुन्।

लेकसाइडमा तिहारको रमझम

दसैं लागेदेखि नै चहलपहल बढेको पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा तिहारको रमझम सुरु भएको छ।  चाँडबाँड परेपनि पर्यटकीय क्षेत्र लेकसाइडमा सबैखाले पाहुनाको स्वागत र सत्कारमा चौबिसै घण्टा तयार रहेको व्यवसायीहरु बताउँछन्।

मकवानपुरमा देउसी भैलो राती ९ बजेसम्म मात्र

यस वर्षको तिहारमा मकवानपुरमा राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने जानकारी दिएको हो।

राति ९ बजे पश्चात अनिवार्य रुपमा देउसी भैलो लगायतका सांस्कृतिक कार्यक्रम बन्द गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले बताए।

भूकम्पबाट घाइते भएकाहरू डिस्चार्ज हुँदै

भूकम्पमा परि घाइते भई नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचाररत ५ जना डिस्चार्ज भएका छन्। अहिले अस्पतालमा ४८ जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ।

अस्पतालमा ल्याइएका ५७ घाइते मध्य ५ जना डिस्चार्ज भएको र ३ जनालाई थप उपचारका लागि बाहिर रेफर गरिएको छ। एकजनाको निधन भएको थियो।

हिरासतमा युवकको ‘हत्या’ गरिएको भन्दै छानबिन गर्न आफन्तको माग

कैलाली जिल्ला प्रहरी कार्यालयमा बयान दिने क्रममा बेहोस भएर कुर्सीबाट ढलेर मृत्यु भएको भनिएका ३१ वर्षीय कृष्ण सेट्टीको ‘हत्या’ गरिएको भन्दै आफन्तले छानबिनको माग गरेका छन्।स्वास्थ्य अवस्थामा कुनै समस्या नरहेका खाइलाग्दो ज्यान भएका युवक कृष्णको प्रहरी हिरासतमा बिहिबार बिहान अचानक मृत्यु भएको थियो।

धार्मिक–पर्यटकीय सम्भावनाको अध्ययन गर्न १५ दिने पदयात्रा

धार्मिक स्थल बराहक्षेत्रसँगै आसपासका सुनसरी सहित उदयपुर र धनकुटालाई समेटेर धार्मिक र पर्यटकीय सम्भावनाको अध्ययन गर्नका निम्ति धार्मिक अगुवाले आज शुक्रबारदेखि १५ दिने पदयात्रा सुरु गरेका छन्। बराहक्षेत्र नगरपालिका वडा नं १ स्थित कुम्भ स्थल चतराधामबाट पदयात्राको शुभारम्भ गरिएको हो।

प्रकाशित: २४ कार्तिक २०८० १३:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App