८ असार २०८१ शनिबार
image/svg+xml
समाज

उपरथी पाण्डेले राजीनामा बुझाउँदै, रक्षा मन्त्रीलाई जानकारी गराइँदै

नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा बुझाएका छन्। पाण्डेले बलाधिकृत रथी सिताराम खड्कालाई राजीनामा बुझाएकाे नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी कृष्ण प्रसाद भण्डारीले बताए। 

उनको राजीनामाबारे रक्षामन्त्री पूर्णबहादुर खड्कालाई जानकारी गराईदैछ।

उपरथि पाण्डेको उमेर विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत रक्षा मन्त्रालयलाई चासो राख्दै पत्रचार गरेको थियो। त्यसपछि नेपाली सेनाको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो राखेपछि उनको विवाद पेचिलो बन्दै गएको थियो।

पाण्डेको शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकतामा जन्ममिति फरक परेको भन्दै बढुवा सिफारिसप्रति प्रश्न उठाइएको हो। उनको विषयमा राज्यव्यवस्था समितिमा उजुरी समेत परेको थियो। पाण्डे २०४३ सालमा सेनाको अधिकृत क्याडेटमा भर्ना हुँदा उनको नागरिकता प्रमणपत्रमा जन्म मिति २३ मंसिर २०२३ उल्लेख छ। तर उनको शैक्षिक प्रमाणपत्रमा भने जन्म मिति १२ माघ २०२१ उल्लेख भएको विषय बाहिर आएपछि विवाद सुरु भएको हो।

पाण्डेको एसएलसी बोर्डको प्रमाणपत्र, क्याम्पसको रेकर्ड तथा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको दर्ता कार्डमा जन्म मिति २०२१ माघ १२ गते उल्लेख भएको तर उनले नागरिकतामा जन्म मिति सच्याएर २०२३ मंसिर १३ गते बनाएको आरोप लगाइएको छ।

प्रकाशित: २४ कार्तिक २०८० ०८:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App