१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

रेशम चौधरीलाई माफी दिएको मुद्दामा भोलिदेखि सुनुवाई

फाइल तस्बिर

सर्वोच्च अदालतमा सरकारले माफी दिएको रेशम चौधरीको मुद्दामा भोलिदेखि सुनुवाई हुँदैछ।  

चौधरीलाई कैद माफी मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा यस अघि सर्वोच्च अदालतले कारण माग्ने आदेश गरेको थियो। गत जेठ २४ मा न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सरकारलाई के कारणले माफी दिइएको हो भन्ने जवाफ माग्दै मंगलबार आदेश गरेको थियो।

रिट निवेदनलाई प्राथमिकतामा राख्दै सर्वोच्च अदालतले अग्राधिकार दिने निर्णय गरे पनि मुद्दाको सुनुवाई हुन सकेको थिएन। आजदेखि मुद्दाको सुनुवाई शुरु हुनेगरी पेशीमा राखिएको सर्वोच्चले जनाएको छ। गणतन्त्र दिवसमा कैद माफी मिनाहा भएर छुटेका चौधरीलाई टीकापुर घटनामा अदालतले जन्मकैद सजाय ठहराएको थियो। २०७४ सालदेखि जेल सजाय भोगिरहेका चौधरी सरकारले सजाय माफी मिनाहा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेपछि जेलबाट छुटेका थिए। 

सरकारले दिएको सजाय माफीको निर्णय विरुद्ध घटनामा पीडित परिवारले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन्। जेठ १५ मा सरकारले चौधरीलाई सजायमा आम माफी दिने निर्णय गरेको भन्दै टीकापुर घटनाका पीडित शारदा कडायत बोहोरालगायतले रिट निवेदन दर्ता गरेकी थिइन्। कडायत टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहोराकी पत्नी हुन्।

प्रकाशित: २२ कार्तिक २०८० १२:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App