९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

इजरायलमा मारिएका आनन्दको अन्त्येष्टि

फाइल तस्बिर

इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका धनुषा लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका आनन्द साहको अन्त्येष्टि गरिएको छ।

हमासको आक्रमणमा परी मृत्यु भएको २७ दिनपछि उनको शव शनिवार जनकपुर लगिएको हो। नेपाली सेनाको विमानबाट उनको शव शनिवार साढे ४ बजे जनकपुरधाम विमानस्थलमा लगिएको थियो। विमानस्थलबाट नेपाली सेनाकै टोलीले आनन्दको शव सपहीसम्म पुर्‍याएको थियो।  

आनन्दको शव सपही पुग्दा पूरै गाउँ भावविह्वल बनेको थियो। उनको शवको शनिवार नै दाह संस्कार गरिएको छ। आनन्दको शवलाई उनको काकाको छोरा बेचन साहले दागवती दिएका थिए।  

आनन्दको मृत्यु गत असोज २१ गते इजरायलमा हमास चरमपन्थी समूहको आक्रमणमा परी भएको थियो। जनकपुरधामस्थित एन्जल्स बोर्डिङ्ग स्कुलबाट एसईई उत्तिर्ण गरेका उनी पूर्ण छात्रवृत्तिमा बिएससी एग्रिकल्चर गरेका थिए।  

सुदूरपश्चिमको कृषि विश्वविद्यालयबाट ५० नेपाली विद्यार्थीलाई कृषि क्षेत्रमै पोख्त बनाउनका लागि १० महिने प्रशिक्षणका लागि इजरायल पठाइएको थियो। 

प्रकाशित: १९ कार्तिक २०८० ०४:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App