२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

यसअघिका भूकम्पले हल्लाएको भूगोल भएकाले बढि क्षति भयोः भूकम्पविद् डा. भट्टराई

गए राति जाजरकोट केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गयो। त्यसपछि लगातार ३ वटा भूकम्पका झडकाहरु गएका छन्।

भूकम्पविद् मुकुन्द भट्टराईले शुक्रबार राति ११ः ४७, १२ः ०८, १२ः २९,१२ः ३५ गरी ४ पटक क्रमशः ६.४, ४.५, ४.२, ४. ३  म्याग्निच्युडको भूकम्प गएको बताए। अहिले पनि त्यहाँ निरन्तर भूकम्पको कम्पनहरु गइरहेको छ। बिहान १० बजेसम्म १ सय ५९ वटा पराकम्प गएको छ।

जाजरकोट भूकम्प कुनै भूकम्पको पराकम्प नभएर नयाँ भूकम्प नै भएको उनको भनाइ छ। भट्टराई भन्छन्, ‘जाजरकोटमा गएको भूकम्प नयाँ हो। यो अन्य कुनै भूकम्पको नयाँ कम्पन होइन।’

यसअघि बझाङ, डोटी, बाजुरामा गएका भूकम्पले त्यहाँको संरचना कमजोर बनाएका कारण यो पटक धेरै क्षती भएको भट्टराईले बताए। 

‘यसअघि बझाङ, डोटी, बाजुरामा गएका भूकम्पले गर्दा त्यहाँका घरहरु चर्किरहेका नै थिए। फेरि जाजरकोटमा राती भूकम्प गयो त्यसका कारण पनि क्षती हुने संख्या बढेको हो। राती भएकाले घरबाट केहि निस्कन पाउनु भएन त्यसले गर्दा पनि क्षती बढेको छ’, उनले भने।

उक्त क्षेत्रको भौगर्भिक बनावट पनि धेरै क्षती हुनुको अर्को कारण भएको उनले बताए। भौगर्भिक बनावट कमजोर भएका कारण भूकम्पले बढी क्षती पुर्याएको उनको भनाइ छ। 

‘सुदुरपश्चिम क्षेत्रको भौगर्भिक बनावट पनि कमजोर छ। त्यस्तै भौगोलिक जटिलता पनि छ। यसअघि आएका भूकम्पले जमिन हल्लाइराखेको र घरहरु कमजोर भइराखेको थियो। अहिले भूकम्पको केन्द्रविन्दु नजिक भएका कारण क्षती बढेको हो, उनले भने।

भूकम्पको पराकम्प कहिलेसम्म जान सक्छ भन्ने समय भने भन्न नसकिने भट्टराई बताउँछन्। उनले भने, भूकम्प गएपछि पराकम्प कहिलेसम्म जान्छ त्यो समय भन्न सकिदैन। तर विश्वको मान्यता अनुसार एउट ठूलो भूकम्प गएपछि त्यो भन्दा साना मानका कम्पनहरु भूकम्प गएको केहि मिनेट, केहि हप्ता, केहि महिना, केहि वर्षसम्म गहिरहन्छ। त्यो ठाउँमा भूकम्प जानुभन्दा पहिलेको भूकम्पीय गतिविधि पहिलेको अवस्थामा नआएसम्म गइरहन्छ।

प्रकाशित: १८ कार्तिक २०८० ०५:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App