१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

गुनासो सुन्न प्रहरीद्वारा क्यूआर सार्वजनिक

उजुरी पेटिकाले मात्र गुनासा व्यवस्थापन प्रभावकारी नभएको भन्दै प्रविधिमार्फत उजुरी तथा गुनासा सुनुवाइ गर्न प्रदेश प्रहरीद्वारा क्युआर सार्वजनिक गरिएको छ। क्युआर कोड मार्फत प्रहरी सेवा प्रतिको सन्तुष्टि, गुनासो तथा सुझाव सोझै आफू समक्ष पुग्ने प्रदेश प्रहरी प्रमुख डिआइजी भरतबहादुर बोहराको भनाइ छ।

प्लास्टिकका फूल बिक्री गर्न प्रतिबन्ध

ल्यानको शारदा नगरपालिकाले तिहारको समयमा प्लास्टिकका फूल बिक्री गर्न प्रतिबन्ध गरेको छ।  स्वास्थ्यमा मात्र नभई वातावरणमा समेत असर गर्ने भएकाले प्लास्टिकका फूल बिक्री वितरण तथा प्रयोगमा रोक लगाएको नगरपालिकाको भनाइ छ।

रिगल जेल चलान

सर्वोच्च अदालतले कैद माफी बदर गरेपछि पक्राउ गरिएका हत्या अभियोगका दोषी रिगल भनिने योगराज ढकाललाई कारागार चलान गरिएको छ। जिल्ला अदालत बाँकेबाट सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएका रिगललाई सरकारको सिफारिसमा संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए।  

पूर्वी नेपालमा ‘जाउँ है पोखरा’ अभियान

आन्तरिक पर्यटक लक्षित गर्दै पोखराका होटल व्यावसायीको छाता संस्था होटल संघ पोखराले ‘जाउँ है पोखरा’ अभियान सुरु गरेको छ। आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधार भन्ने मान्यता अनुरुप पूर्वी नेपालका विभिन्न भेगमा अभियान सुरु गरेको संघका अध्यक्ष लक्ष्मण सुवेदीको भनाइ छ।

फूल आयात नगरे स्वदेशी उत्पादनले पुग्दै

तिहारमा सयपत्री फूलका माला आयात नगरे स्वदेशी उत्पदनले नधान्ने फ्लोरिकल्चर एशोसियसन नेपालको अनुमान छ। पैतिस लाख माला आवश्यक पर्नेमा पाँच लाख सयपत्री फूलको माला बाहिरी मुलुकबाट आयात गर्नुपर्ने एशाशियसनका अध्यक्ष मिनबहादुर तामाङको भनाइ छ।

पूर्वनगर प्रमुखसहित चार जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार रौतहटको चन्द्रपुर नगरपालिकाका तत्कालीन नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र राजश्व अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। चाँदी नदीको नदीजन्य पदार्थ उत्खनन एवं बिक्री गर्न लगाएको ठेक्कामा अनियमितता गरेको आरोप छ।

बलात्कार आरोपित कराँतेका प्रशिक्षक दोषी ठहर

किशोरीमाथि सामूहिक बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका कराँते प्रशिक्षक अमर सुवेदी र विनोद राउत जिल्ला अदालत मोरङले दोषी ठहर गरेको छ। कैद सजाय कात्तिक २२ गतेको इजलासले गर्ने अदालतका सूचना अधिकारी ओम सुवेदीको भनाइ छ।

प्रकाशित: १७ कार्तिक २०८० १३:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App