२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

मुगु सामूहिक हत्या प्रकरणः एकजना शंकास्पद व्यक्ति प्रहरी नियन्त्रणमा

जिल्लाको छायाँनाथ रारा नगरपालिका– ६ मन्दु गाउँमा सामूहिक हत्या भएको चार दिनपछि प्रहरीले एकजना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ।  

आइतवार मध्याह्न करिब १२ बजेको समयमा जिल्ला सदरमुकाम गमगढीस्थित बजार (नगरपालिका जाने बाटो) नजिकैबाट प्रहरीले हत्यामा संलग्न भएको हुन सक्ने आशंकामा एकजना व्यक्तिलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले नियन्त्रणमा लिएको व्यक्तिलाई सार्वजनिक गरेको छैन। घटनबारे अनुसन्धानका लागि ११ गते नै जुम्ला, कोहलपुर र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट विशेष अनुसन्धान टोलीले मुगुमा  अनुसन्धान गरिरहेको छ।  

प्रहरी हत्याराको करिबकरिब नजिक पुगिसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक विरेन्द्र थापाले बताए।  

उनका अनुसार अनुसन्धानको क्रममा एकजना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ र थप अनुसन्धान भइरहेको छ। सम्पुर्ण कोणबाट घटनाको अनुसन्धान भइरहेको र पुरै प्रमाण पुगेपछि अपराधीलाई नियन्त्रणमा लिएर सार्वजनिक गरिने छ।  

आइतवार नै कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआइजी) भीम ढकाल पनि घटनास्थल पुगेका छन्। उक्त घटनाको विस्तृत विवरण बुझ्न्, अनुसन्धानमा कति नजिक पुग्यो र अनुसन्धानलाई थप सहयोग गर्न ढकाल मुगु पुगेका हुन्।  

शुक्रबार मुन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै मृत अवस्थामा फेला परेको थियो।  

प्रकाशित: १३ कार्तिक २०८० ०४:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App